एकै दिन टिनटा वडा कार्यलयहरु १,२,३ को उदघाटन लहानमा

  • कार्तिक १५, २०८०
  • ६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ कार्तिक सिरहाको लहान नगरपालिका वडा नम्बर एक, दुई र तिनको वडा कार्यालयको नयाँ भवन तरकारी बजारमा उदघाटन भएको छ। लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले एकै ठाउँमा रहेको वडा कार्यालयहरुको आज विधिवत रुपमा समुदघाटन गर्नुभयो । नगरपालिकाको आफ्नै मातहतको भवनबाट कामकाज सुचारु हुने भएपछी स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । 
 
यसअघि वडा कार्यालयका कामकाजहरु बर्षौदेखि भाडाकै घरबाट कार्य सम्पादन भैरहेका थिए । भाडामा लिएको घरको कोठा साँघुरा र कार्यालयमैत्री नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा समस्या हुँदै आईरहेको थियो । सेवाप्रवाह गर्न निकै कठिनाइ हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आईरहेका थिए ।
 
समुदघाटन कार्याक्रममा वडा नं. १ का वडा अध्यक्ष क्रमश युगल किशोर चौधरी, २ का सियाराम यादव, ३ का रामदयाल महतो, ४ का रामनाथ पण्डित, ८ का श्याम साह भोरेभोर, ९ का घुरन चौधरी, ११ का सुर्य नारायण चौधरी, १५ का तेज नारायण चौधरी, १६ का गडुल वहादुर जर्घामगर, २० का गणेश कुमार चौधरी, २२ का श्याम कुमार अधिकारी, लहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाई, कार्यक्रम संयोजक महेश्वरी चौधरी लगायत स्थानिबासी, पत्रकार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

पृथ्वीनारायण शाहको ३ ...

धर्मेन्द्र कुमार कुर्मी पुष २८। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१