Siraha Times
ताजा समाचार

रामग्राम गतिविधिका सञ्चालक पाण्डे सम्मानित

  • कार्तिक ३, २०८०
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ३ । पछिम नवलपरासीमा क्षत्री समाज नेपालद्वारा आयोजित क्षत्री दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा रामग्राम नगरपालिकाका रवि पाण्डे सम्मानित भएका छन । निडर र अदम्य प्रतिभाका धनी पाण्डेले " रामग्राम गतिविधि" का माध्ययमबाट समाजका यथार्थताको आवाज बनेर दबिएका आवाजहरू उठाएको भन्दै एक आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

क्षत्री समाज नेपाल नवलपरासी पछिमद्वारा आयोजित वडा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा स्वतन्त्र र तटस्थ भएर पाण्डेले कलम चलाउँदै आएको भन्दै उनलाई सम्मान गरिएको हो । रामग्राम गतिविधिका मार्फत सञ्चालक पाण्डेले समाजका दबिएका आवाजहरुलाई बाहिर ल्याउँदै गर्दा उनलाई केयौ पटक प्रलोभनमा पार्न खोजियो ,उनको निवास घेरियो उनलाई फसाउन खोजियो रामग्राम पेजलाई रिपोर्ट गरेर बन्द गराइयो तर साहासिक ब्यक्तित्व अटल विश्वास लिएर अगाडि बढिरहको अवस्था रहेको छ । पटक पटक बन्दको सामना गर्दै आएका रामग्राम गतिविधिका पेजलाई रिपोर्ट गरेर ५ पटक सम्म बन्द गराएपछि पछिल्लो पटक करिब ४२ दिनसम्म बन्द रहेको , यो पेज हाललाई संचालित अवस्थामा रहेको छ ।

समाजका यथार्थ बोल्दै गर्दा एकाएक रिपोर्ट गरेर रामग्राम गतिविधिलाई तत्काललाई बन्द गराएपछि समाजका सत्य कुरा बोल्न र लेख्नका लागि १७ ओटा विभिन्न पेजहरू उनले खडा गराए जसको फलस्वरुप झन् समाजका दबिएका आवाजहरू क्रमिक रूपमा बाहिर आउन थाल्यो । पाण्डेले आफ्ना फेस बुक पेजमा लेख्नुहुन्छ " भ्रष्ट व्यक्ति र भ्रष्टाचारको विरुद्ध लेख्न शुरु गरेपछि सयौ दुश्मन कमाईयो भने हजारौ माया गर्ने मानिस र समूह पनि कमाईयो ।

हुन त कुरा क्लियर छ , भ्रष्टाचारी एवं तिनका दाजुभाई ,दिदीबहिनी , आमाबुबा ,खानदान , नातागोताका लागि म खराब ब्यक्ति बन्न पुगे र तिनीहरुले आफुलाई असल देखाउन मेरो बारेमा नभएको कुरा रचेर भ्रम छर्न शुरु गरे भने ईमानदार ,मिहिनेती , परोपकारी, विवेकशिल र समाज र देशको भलो चाहनेहरुले मेरो कामको कदर गर्न थाले र मलाई सपोर्ट गर्न थाले । यसरी रामग्राम गतिविधि मार्फत मेरो लडाइँ समाजको हितको लागि हो भन्ने कुरा नजिकबाट नियालेको क्षत्री समाज नेपालले घटस्थापनाको दिन क्षेत्री समाजको कार्यक्रममा बोलाई सम्मान मलाई गरेको छ ।"

उनले समाजको वृद्धिबिकासका लागि अघि बढेको क्षत्री समाज नेपालका सबैप्रति आभार प्रकट गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको छ । रामग्राम गतिविधिका सञ्चालक रवि पाण्डेलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको अवस्थाले समाजमा सकारात्मक सन्देश पुगेको महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१