सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्ने कपिलवस्तु कृष्णनगरको जोड

  • असोज २७, २०८०
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु २७ असोज । जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयोजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सरोकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । सो कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचारा कायम गरी सभ्य र मर्यादीत रुपले मनाउन आम समुदायलाई अनुरोध गर्नु भएको छ ।

नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो ।बैठकलाई सम्बोधन गर्दे पुर्व सांसद अभिषेक प्रताप शाहले एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई नदोहराई सजगताका साथ दशै मनाउनु पर्नेमा शाहले जोड दिनुभयो ।सविंधान सभा सदस्य तथा पुर्वमन्त्री इश्वर दयाल मिश्राले कृष्णनगरबाट एकताको सन्देश प्रवाह हुने किसिमले दशै शान्तीपुर्वक मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

नेपाली कांग्रेस कपिलवस्तुका सभापती तथा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले दशै पर्वलाई मेलाप पर्बको रुपमा मनाउनु पर्ने बताउनुभयो । मेयर कलामले दशैमा एकअर्का विच भाईचारको सम्बन्ध स्थापित गरी मनाउनु हुन अनुरोध गर्नुभयो ।सो कार्यक्रममा कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले सम्पुर्ण नगरवासीहरुलाई सभ्य रुपमा एकआपसी सदभाव कायम गरी दशहरा मनाउनु पर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहुद खाँ नेपालीले सबैलै सबै धर्मको सम्मान गर्नु पर्ने बताउनुभयो ।जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कसैको अस्थामाथी खेलवाड नगरी सभ्य नागरिकको परिचय दिई चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार गुप्ता, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, समाजसेवी मिर्जा राशिद वेग, कुनाल प्रताप शाह, जाबेद आलम, अकिल मिया, गोपाल चन्देल, इन्तेखाब खाँ, जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेल, भन्सार कार्यलाय कृष्णनगर प्रमुख गगन बहादुर विक, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम आर्याल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१