ताजा समाचार

धनगढीमाई नगरपालिकाको कर्मचारीहरु संघिय निजामती ऐनको विरूद्व पेन डाउन गर्दै

  • असोज २६, २०८०
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २६ । सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत संपूर्ण कर्मचारीहरु नियमित धर्नामा बस्दै आएका छन् । सरकारले ल्याउँदै गरेको निजामती सेवा ऐनमा राष्ट्रसेवक कर्मचारीहरुको हक हितको कुनै ग्यारेन्टी नगरेको भन्दै धनगढीमाई नगरपालिकामा कार्यरत संपूर्ण कर्मचारीहरु धर्नामा बस्दै आएका छन् ।

सरकारले सरोकारवाला पक्षहरूसँग छलफल नै नगरी निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषदबाट पारित गरेर संसदमा पेश गर्न लागेपछि कर्मचारीहरु आन्दोलित भएका हुन । संघीय निजामती सेवा ऐनको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र लोक सेवा आयोगबाट सुझाव लिई मन्त्रिपरिषदमा पठाइएको अवस्था छ ।

स्थानीय तह कर्मचारी संघर्ष केन्द्रीय तदर्थ समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित आन्दोलनको घोषणा गरेसँगै यतिबेला धनगढीमाईका कर्मचारीहरु आन्दोलित भएका हुन । केन्द्रिय तदर्स समितिको पूर्व उद्घघोस बमोजिम कर्मचारीहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यक सेवा बाहेकका सबै कामकाज बन्द गरेर यतिबेला आन्दोलनमा होमिएका छन ।

धनगढीमाईको प्रशासनिक भवनको मुख्य गेटमा त्रिपाल ओछ्याएर कालो पट्टी बाँधेर कर्मचारीहरु आन्दोलित भएपछि नगरको कामकाज ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤