एमालेको मधेश प्रदेश सदस्यमा रामस्वरूप

  • असोज २६, २०८०
  • ७२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २६ । मधेश प्रदेशको जनकपुर स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति प्रतिष्ठानमा आयोजित नेकपा एमाले मधेस प्रदेश कमिटीको एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट रामस्वरुप सदाय मधेश प्रदेशको सदस्यको जिम्मेवारीमा चयन भएका छन् । विगत लामो समयदेखि नेकपा एमालेको जनवर्गीय संगठनहरुको विभिन्न पदको जिम्मेवारी सम्हाल्दै आएका सदाय पार्टी नेतृत्वको छनौटमा परेका हुन् ।

एमाले मधेश प्रदेश पूर्व सचिवालय सदस्य एवं नेपाल उत्पीडित जातीय मुक्ति समाज सिरहाका जिल्ला इन्चार्ज समेत रहेका सदाय नेकपा एमालेको सक्रिय नेता मानिन्छन् । मधेश प्रदेशमा सम्पन्न भएको पहिलो अधिवेशनबाट सदाय सदस्यमा छनौट भएका हुन । समाजका यथार्थ बुझेका सदाय जस्ता व्यक्तिलाई पार्टीले मूल्यांकन गरेको खवरले यतिबेला आम जनतामा सकारात्मक प्रभाबको अनुभव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

पृथ्वीनारायण शाहको ३ ...

धर्मेन्द्र कुमार कुर्मी पुष २८। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१