ताजा समाचार

एमालेको मधेश प्रदेश सदस्यमा रामस्वरूप

  • असोज २६, २०८०
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २६ । मधेश प्रदेशको जनकपुर स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति प्रतिष्ठानमा आयोजित नेकपा एमाले मधेस प्रदेश कमिटीको एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट रामस्वरुप सदाय मधेश प्रदेशको सदस्यको जिम्मेवारीमा चयन भएका छन् । विगत लामो समयदेखि नेकपा एमालेको जनवर्गीय संगठनहरुको विभिन्न पदको जिम्मेवारी सम्हाल्दै आएका सदाय पार्टी नेतृत्वको छनौटमा परेका हुन् ।

एमाले मधेश प्रदेश पूर्व सचिवालय सदस्य एवं नेपाल उत्पीडित जातीय मुक्ति समाज सिरहाका जिल्ला इन्चार्ज समेत रहेका सदाय नेकपा एमालेको सक्रिय नेता मानिन्छन् । मधेश प्रदेशमा सम्पन्न भएको पहिलो अधिवेशनबाट सदाय सदस्यमा छनौट भएका हुन । समाजका यथार्थ बुझेका सदाय जस्ता व्यक्तिलाई पार्टीले मूल्यांकन गरेको खवरले यतिबेला आम जनतामा सकारात्मक प्रभाबको अनुभव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤