भ्रष्ट अधिकृत साह र लेखा अधिकृत यादवले कार्यलय उदघाटनमै १४ लाख भन्दा बढीको खर्च देखाई गरे लाखौं भ्रष्टाचार

  • असोज २४, २०८०
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ असोज। बारा जिल्लाको देवताल गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह र हालसम्म कार्यरत्त रहेका लेखा अधिकृत गजेन्द्र कुमार यादवले भ्रष्टाचारको मामिलामा गन्हाई सक्दा पनि कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८÷०७९ मा वडा कार्यालय उदघाटन खर्च मै १४ लाख भन्दा बढी खर्च देखाई हिनामिना गर्न गराउदां मलेपको कार्यालयले बेरुजु रकम कायम गरेको छ ।

मलेपको प्रतिवेदनको क्रम सं. १४ मा गाउँपालिकाले वडा कार्यालय उदघाटन खर्च ः सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ मा तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा गम्भिर संकट पर्ने अवस्था देखिएमा विशेष परिस्थितिको नियम बमोजिम खरिद कार्य गर्न सक्ने व्यवस्था छ । गाउँपालिकाको वडा कार्यालय र स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर उदघाटन गर्न नियमन १४५ बमोजिम विशेष परिस्थितिमा उदघाटन गर्नु परेकाले खरिद अन्य प्रकृया नअपनाई तत्काल खरिद कार्य गर्ने भन्ने व्यवहोराको टिप्पणी सदर गरी देहायका टुक्रा बिल पेश गरेको आधारमा कार्यालय सहयोगी छोटेलाल प्रसाद सहनीलाई रु. १४, ११, ९५६ भुक्तानी दिएको छ ।

श्रेस्तामा पेश भएको टिप्पणी अनुसार उदघाटन कार्य २०७८÷१२÷२५ मा हुने भन्ने व्यवहोरा उल्लेख भएतापनि कुन मिमिमा उदघाटन कार्य भएको थियो, के कति उपस्थिति थिए र पेश भएको बिल भरपाई अनुसार खर्च पुष्टयाई हुने आधार र प्रमाण पेश भएन । १ दिनको उदघाटनको लागि रु. ७ लाख २ हजारको टेन्ट भाडा, रु. १ लाखको पिउने पानी र रु. १ लाख ४७ हजारको उदघाटन व्यानर खर्चको बिल पेश गरेबाट उक्त बिल तथा खर्चलाई स्वभाविक मान्न सकिदैन ।

वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन जस्तो नियमित प्रकृयाको कार्यलाई खरिदका अन्य प्रकृया पालना नगरी विशेष परिस्थितिमा खरिदको नियम अनुसार खरिद गर्नु भनि आदेश दिने तथा टिप्पणी सदर गर्ने र भुक्तानी दिने कर्मचारी तथा पदाधिकारीलाई जिम्मेवार बनाउदै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन भएको, उपस्थिति र वास्तविक खर्च एकिन गरी वास्तविक खर्च भन्दा बढी रकम असुल गर्नुपर्दछ ।

पेश भएको टिप्पणी, टेन्ट हाउसको पान बिल, होटलको बिल, फ्लेक्स प्रिन्टको बिल र बिल बमोजिम खर्च पुष्टयाई गर्ने प्रमाण बिना भुक्तानी दिएकोमा अनियमित्ता देखिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ ।

यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ । भ्रष्ट अधिकृत साह र लेखा प्रमुख यादवले लाखौं÷करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारबाही प्रक्रिया अगाडी नबढाउँदा देवतालबासीहरु दांतले औला टोक्न बाँध्य भएका छन् ।

भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका अधिकृत साह र यादवले कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८÷०७९ को उदघाटन खर्च मै १४ लाख भन्दा बढी खर्च देखाई भ्रष्टाचार गरेको स्थानियको आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । तत्कालिन देवतालका अधिकृत साह हाल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिमा लेखा प्रमुख संजय पटेलको मिलोमतोमा भ्रष्टाचारको ताण्डव नै मच्चाई रहेको समाचार स्रोतले जनाएको छ ।

तत्कालिन समयमा अधिकृत साहले देवताल गाउँपालिकामा भ्रष्टाचार गरेकै कारण स्थानियहरुले उनलाई सरुवा गराई अर्का अधिकृत वकिल पाललाई हाजिर गराउन आन्दोलन नै गरेका थिए । बारा जिल्लाको देवतालमा हुँदा अधिकृत साहले भ्रष्टाचारको कमाईबाट रौतहटको चन्द्रनिगाहपुरमा आलिशान महल, कैयौं घडेरी, काठमाडौंमा घडेरी र वीरगंजमा करोडौंको अकुत सम्पत्ति आफ्ना आफन्तहरुको नाममा जोडन सफल भएको बताईन्छ भने लेखा अधिकृत यादवको कलैया र वीरगंजमा घडेरीहरु रहेको स्रोतले जनाएको छ । भ्रष्ट अधिकृत साह छिपहरमाई गाउँपालिकामा लेखा प्रमुख संजय पटेलको मिलोमतोमा भ्रष्टाचार गर्न तल्लीन रहेको स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१