विश्रामपुर गाउँपालिका अधिकृत लामिछाने चढ्ने गाडिमा नै मासिक ६ सय लिटर ईन्धन खर्च हुदै

  • असोज २१, २०८०
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २१ असोज। विश्रामपुर गाउँपालिकाको कार्यालय प्रमुख ईन्जिनियर सुधन लामिछानेले चढ्ने गाडीमा नै मासिक ६ सय लिटर ईन्धन खर्च हुने गरेको छ। गाउँपालिकाको कामकाज भन्दा बढी कार्यालय प्रमुख लामिछानेले ब्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन्। लामिछानेले सधैं विश्रामपुरबाट हेटोडा जाने र हेटौडा बाट नै विश्रामपुर गाउँपालिकाको कार्यालय आउने गरेको स्रोतको दाबि रहेको छ। विश्रामपुर देखि हेटौंडासम्मको दुरी ५५ किलोमिटर रहेको छ। दिनमा दुई चोटि आवत जावत गर्दा एक सय १० किलोमिटर हुन्छ।

प्रमुख प्रशासकीय अधिकृत लामिछाने दैनिक हेटौंडाबाट नै कार्यालय आउने तथा पुनः कार्यालयबाट हेटौंडा फर्कने गरेको कारण गाउँपालिकाको नै ईन्धन खर्च गर्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन्। साथै स्थानीय तथा प्रत्यक्षदर्शीको अनुसार कार्यालय प्रमुख लामिछाने हेटौंडा देखि विश्रामपुरको ईन्धन खर्च सहित आफु खुशी आफ्ना नजिकको मान्छेलाई ईन्धनको कुपन बितरण गर्दै गाउँपालिकाबाट मात्र ६ सय भन्दा बढीको ईन्धन खपत गर्ने गरेका छन्।

साथै लामिछानेले बीरगंज स्थित क्वाटर समेत लिई गाउँपालिकाबाट भुक्तानी गरी सधैँ हेटौडा नै पुग्ने गरेको पाइन्छ। लामिछानेले ईन्जिनियर पनि भएकाले कार्यालयमा कसैलाई पनि महत्व नदिने गरेको समेत जानकारी प्राप्त भएको छ। भने कार्यलयमा गएका सेवाग्राहीहरु पनि लामिछानेसँग रुष्ट भएर नै फर्केने गरेका छन्। लामिछानेले कार्यालयको कामकाज भन्दा आफैमा मग्न रहेको गुनासो रहेको छ।

यस बिषयमा प्रमूख प्रशासकिय अधिकृत सुधन लामिछानेसँग प्रतिकृया लिँदा तपाईलाई जति लेख्नु छ लेख्दै गर्नु केही फरक पर्दैन भनेर गोलमटोल जवाब दिए। त्यसैले प्रमुख प्रशासकीय अधिकृत ( कार्यालय प्रमुख ) लामिछानेको आफ्नो पदको दुरुपयोग गर्दै अनावश्यक रुपमा ईन्धन प्रयोग गर्ने गएकोले समय मै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ।

प्रतिक्रिया दिनुहोस

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१