Siraha Times
ताजा समाचार

२०८४ सालको आम निर्वाचनमा पर्सा जिल्लामा लाल किला बनाउन पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुझाव

  • असोज १८, २०८०
  • ६६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १८ असोज । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचारको अन्त्य नभए सम्म औधोगिक र सामाजिक विकास सम्भव नहुने बताएका छन् । समाजवादी जागरण अभियान अन्र्तगत बीरगंजको घण्टाघरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् । उनले यस अभियानका क्रममा समाजवाद किन आवश्यक छ ? देशमा विकृति र विसंगती मौलाई रहेको हुनाले यसको भण्डाफोर गर्न समाजवादी जागरण अभियान हामी थालेका छौं र यसमा जनताको समर्थन प्राप्त भईरहेको बताए ।

खनालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै उनलाई कालीदासको संज्ञा दिए । ओलीले संविधानको मर्मलाई बुझदै नबुझी संसद विघटन गर्नु राम्रो नभएको भन्दै ओलीले देशलाई बर्वादी तिर धकेलेकोमा हामी संविधानालाई बचाउने तिर लाग्यौं । कालीदासले जंगलको रुख माथि बसेर जरै काटने प्रयास गरेको उदाहरण प्रस्तुत गर्दै नेता खनालले एमाले अध्यक्ष ओलीले कालीदास जस्तै गर्ने गरेको आरोप लगाए । अझ पनि ओलीले भुकम्प पछि आउने बेला–बेलामा पराकम्प जस्तै गरिरहेकोमा २०८४ सालको आम निर्वाचनमा कालीदास नै बन्ने टिप्पणी गरे । सो जागरण अभियानमा अनेरास्ववियु एकीकृत समाजवादी पर्सा जिल्लाको मेवालाल साहलाई संयोजक हुने गरी ४१ सदस्यीय आयोजक कमिटी घोषणा भएकोमा सो कमिटीलाई नेता खनालले बधाई दिदै पर्सा जिल्लालाई लाल किला बनाउन सुझाएका थिए ।

सो अभियानमा पार्टीका उपाध्यक्ष जयन्ती राईले दलित, पिडित, महिला, पिछडिएका वर्ग लगायतको अधिकार दिलाउन हामी जागरण अभियान थालेको चर्चा गर्दै रोजगार सृजना गर्न सकेको खण्डमा मात्र देश आत्मनिर्भर बन्ने बताईन । राईले हाम्रो देश अहिले दलाल, उपभोक्तावादीहरुले उपयोग गरिरहेका छन, यसबाट मुक्त गर्न रोजगारी सृजना गर्नु पर्छ, किसानलाई मल र विउ समयमा दिनु पर्नेमा जोड दिएकी थिईन । सो कार्यक्रममा पार्टीका उपमहासचिव एवं मोर्चा संगठनका ईन्चार्ज बिजय पौडेलले समाजवादी क्रान्तिका निति, कार्यदिशा, सिद्धान्त बारे जानकारी गराउदै जनतालाई जागृत गराउनका निमित्त जागरण अभियान २०८० सुरु गरिएको बताए ।

उनले समाजवादलाई लक्ष्य बनाएर हामीले यतिबेला गर्नु पर्ने कार्यहरु के–के हुन, हामी सचेत भएर जागरण अभियानतर्फ अगाडि बढदै जनताको अपार सहानुभुति बटुलि रहेको बताए । उनले आज हाम्रो देशमा बेरोजगारी व्याप्त छ, हाम्रा युवाहरु खाडी जान बाध्य छन्, विदेशिन बाध्य युवाहरुलाई हाम्रो देशमा कसरी रोक्नु पर्छ, यी सारा समस्याहरुको समाधान एउटै छ त्यो भनेको देशलाई औधोगिकरण गर्नु प¥यो, उद्योग खोल्नु प¥यो, हाम्रो कृषि आधुनिकरण गर्नु पर्यो, जबसम्म उद्योग खोल्न सक्दैनौं, जबसम्म कृषिलाई आधुनिकरण गर्न सक्दैनौं तब सम्म हाम्रौ अवस्था बदल्न नसकिने दाबी गरे ।

सो कार्यक्रममा पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिटव्युरो सदस्य चिरञ्जीवी आचार्य, सरोज साह, श्रीप्रसाद साह, अनेरास्ववियु एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष आरती लामा, केन्द्रिय प्रचार विभाग सदस्य राघव साह, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायतको उपस्थिती रहेको थियो । सुशासन, रोजगारी र समृद्धिका लागि सुरु गरिएको समाजवादी जागरण अभियान २०८० झापाको काकडभिटामा असोज १४ गते उदघाटन भई सुरु भएको हो । सो जागरण अभियान धनुषा, सप्तरी, सर्लाही, रौतहट, बारा हुदै बिहिवार वीरगंज आईपुगेको हो । यो अभियान असोज २९ गते समापन हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१