ताजा समाचार

धनागढ़ीमाइ १४ मा उज्यालोको प्रकाश छर्दै ठकुरी

  • असोज १६, २०८०
  • ११०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १६ । सिरहाको धनगढीमाई १४ मा विद्युतीकरण अभियानमा खटिएका छन , वाडा अध्यक्ष अमित ठकुरी । २१ औं सताब्दीमा अन्धकारमा रुमलिएका वाडा नम्बर १४ का बस्तीहरूमा यतिबेला घर घरमा उज्यालो प्रकाश अभियानका साथ अमित ठकुरी अगाडि बढिरहेका छन । वडाका टोल बस्तीमा विद्युतीकरण नभएको अवस्थामा आफ्ना वडाका प्रत्येक घर घरमा बिजुली बत्ती पुगाउने महा अभियानमा लागेका वाडा अध्यक्ष अमित ठकुरीले केहि महिना अगाडि नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय काठमाण्डौ पुगेर तत्काल नेपाल विद्युत प्राधिकरण लाहान सिराहा शाखालाई सक्रिय गराउन सफल भएका थिए ।

उनको व्यक्तिगत प्रयासले तत्कालै विद्युत प्राधिकरण लाहानले वडाका विभिन्न टोल बस्तीहरूमा विद्युतीकरणको आवस्यक काम अगाडि बढाएको छ । आज वाडा अध्यक्ष अमित ठकुरीको अगुवाइमा नेपाल विद्युत प्राधिकरण लाहान शाखाले जारी विद्युतीकरणको स्थलगत निरीक्षण गरेका हुन । स्थलगत निरीक्षण गरेर फर्किदै गरेका नेपाल विद्युत प्राधिकरण लाहान शाखाका प्रमुख हिमांशु यादवले वाडा अध्यक्ष अमित ठकुरीको पहलमा अगाडि बढाइएको यो एतिहासिक काममा हामीलाई भन्दा अध्यक्ष अमित ठकुरीको योगदानले गर्दा यस ठाउँमा भइरहेको विद्युतीकरण स्मरण योग्य रहेको बताए , वडाको पूर्वी भागमा करिब करिब काम सकिएको र बाँकी टोल बस्तीमा काम तीव्र गतिमा जारी रहेको नेपाल विद्युत प्राधिकरण लाहान सिराहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤