लेखा अधिकृतको मिलोमतोमा कार्यकारी अधिकृत साहले ईन्धनको नाममा लाखौ बजेट झ्वाम पारे

  • आश्विन १५, २०८०
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज, १५ असोज । मधेश प्रदेशको बारा जिल्ला स्थित देवताल गाउँपालिकामा सरकारको मापदण्ड विपरीत इन्धन खर्च देखाई लाखौँ रुपैयाँ नियम विपरीत खर्चिएको पाइएको छ । देवताल गाउँपालिकामा खर्च हुने आधार बिनै इन्धन खर्च देखाई विकासे बजेटको लाखौँ लाख रुपैयाँ कमिसनमै सकेको पाइएको हो ।

सो गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहले आर्थिक वर्ष २०७८÷०७९ मा हाल कार्यरत्त लेखा प्रमुख गजेन्द्र कुमार यादव सहितको मिलेमतोमा अनावश्यक इन्धन खर्च देखाई विकासे बजेटको लाखौँ रुपैयाँ कमिसनमा सकाएको स्थानीयहरुको आरोप रहेको छ । तत्कालीन अधिकृत साहले आर्थिक वर्ष २०७८÷०७९ मा इन्धन शीर्षकमा मात्रै ४९ लाख ८९ हजार ४ सय ५२ रुपैया खर्च गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले देखाएको छ । तर पालिकाले उक्त खर्च बराबरको इन्धन कुन जनप्रतिनिधि वा कर्मचारीले कुन महिनामा, कुन सवारी साधनमा के प्रयोजनको लागि कति किलोमिटरसम्म सवारीसाधन प्रयोग गरी कति इन्धन खर्च गरेको भने प्रमाणित गर्न सकेको छैन ।

अर्थात् ४९ लाख ८९ हजार ४ सय ५२ रुपैया खर्चको सवारी इन्धनको लगबुक व्यवस्थित र अद्यावधिक नराखेको भन्दै मलेपको कार्यालयले प्रश्न उठाउँदै लगबुक व्यवस्थित र अद्यावधिक गर्नुपर्ने निर्देशन दिएको छ । तर पालिकामा ४९ लाखको इन्धन खर्च हुने आधार नै नभएको सोही पालिकाका कर्मचारीहरुले बताएका छन् । जसलाई पालिकामा उपलब्ध गराइने इन्धनको तथ्याङ्कले पनि पुष्टि गरेको देखिन्छ ।

प्रतिवेदनको बुंदा नं. १५.१ मा ईन्धन खर्च ः प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ को दफा १७ अनुसुची ४ र मधेश प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ बमोजिम पदाधिकारी, कर्मचारी र कार्यालय प्रयोजनको लागि मापदण्ड बमोजिम ईन्धन खर्च गर्नुपर्ने व्यवस्था छ । सवारी प्रयोग, ईन्धन तथा अन्य उपभोग्य वस्तुको खपत र सोको नियन्त्रण गर्न मलेप फारम ९०५ अनुसार सवारीसाधन मेसिन प्रयोगको लगबुक राख्ने व्यवस्था रहेकोमा त्यसो नगरेको उल्लेख रहेको छ ।

गाउँपालिकामा १ थान जे.सि.वि., १ थान टयाक्टर, १ थान बस र २ थान एम्बुलेन्स चालु हालतमा रहेको छ । लेखापरीक्षणको क्रममा उल्लेखित उपकरणमा प्रयोग भएको र उक्त उपकरणमा ईन्धन खर्च र सोको लगबुक तथा परिचालनबाट प्राप्त आम्दानीको विवरण माग गर्दा प्राप्त भएन । जसबाट उक्त उपकरणको लागि के कति ईन्धन खर्च भएको थियो एकिन गर्न सक्ने आधार भएन । मापदण्ड अनुसारको परिमाण सँग कार्यालयको ईन्धन खर्चको तादम्यता मिल्ने देखिदैन । उपकरणमा प्रयोग भएको ईन्धनको परिमाण खुल्ने लगबुक अधावधिक गर्ने र पदाधिकारी तथा कर्मचारीलाई ईन्धन खर्च भुक्तानी दिंदा मापदण्डको परिधि भित्र रहेर खर्च गर्नु पर्नेमा तत्कालिन अधिकृत साह र लेखा प्रमुख यादवले कमिशनकै लागि मापदण्ड विपरित खर्च गरेको प्रतिवेदनबाट प्रष्ट हुन्छ ।

जसअनुसार उतिबेलाको डिजेट र पेट्रोलको प्रतिलिटर रु १५० औषत दर महालेखाको प्रतिवेदनले देखाएको छ । सो आर्थिक वर्षमा जे.सि.वि., टयाक्टर, बस र एम्बुलेन्स केही मात्रामा चले पनि यतिका तेलमा खर्च गरी भ्रष्टाचार गरेको स्थानियहरुले आरोप लगाएका छन् । स्थानियको आरोपलाई मलेपको प्रतिवेदनले पनि प्रमाणित गरेको छ । ऐन कानुनले समेत जिम्मेवार व्यक्तिको कारण सार्वजनिक सम्पत्ति हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिने हुँदा अधिकृत साह र लेखा प्रमुख यादवले सो रकम हिनामिना गरेको देखिन्छ ।

बाराको देवताल गाउँपालिकाका तत्कालिन भ्रष्ट अधिकृत साहले देवतालमा सक्ने जति लुटेर हाल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा कार्यरत्त रही भ्रष्टाचार कार्यलाई “दिन दुगुना रात चौगुना” बढावा दिईरहेको छिपहरमाई गाउँपालिकाका सचेत नागरिकहरुले आरोप लगाउदै आएका छन् । यस सन्दर्भमा प्रशासकीय अधिकृत साह र लेखा अधिकृत यादवलाई फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनको फोन रिसिभ हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

राष्ट्रिय महाधिवेशन ...

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१