Siraha Times
ताजा समाचार

बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • असोज ९, २०८०
  • १००१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह असोज ९ । बोदे बर्साईन सप्तरी उधोग वाणिज्य संघ राजबिराजको आयोजनामा स्थानीय कर शिक्षा सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम बोदे बर्साईनमा सम्पन्न भएको छ । उधोग वाणिज्य संघ सप्तरीको उधोग उपाध्यक्ष दुर्गा नन्द साहको अध्यक्षतामा भएको कार्यक्रममा,करदाता सेवा कार्यालय राजबिराजको प्रमुख ज्ञानेन्द्र कुमार यादव,घरैलु तथा साना उधोग कार्यालय राजबिराजको प्रमुख रेखा कुमारी यादव र खाद्या प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको प्रमुख सुरेश सिंहको संयुक्ति उपस्थितमा भएको कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी , ब्यपारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कर निर्धारण, कर शिक्षा, करको दायरा, नीति, व्यवसाय कर दर्ता लगायतका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा आएका कार्यालय प्रमुखहरुले पालो पालो गरि स्थानीय सरकारले लगाउन सक्ने कर, वित्तीय संघियताको अवधारणा, राजस्व बाँडफाट, स्थानीय तहको एकल तथा दोहोरो राजस्व अधिकारका क्षेत्रहरु, स्थानीय तहमा राजस्व परिचालनको अवस्था तथा समस्याहरु, अन्तरसरकारी वित्त हस्तान्तरण सम्बन्धि संबैधानिक र कानुनी व्यवस्था एवम् स्रोत व्यवस्थापनका चुनौतीहरु बारे जानकारी गराएका थिए ।

कर शिक्षा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै स्थानीय सरकारलाई कर निर्धारण गर्दा नागरिक दोहोरको करमा नपर्ने गरी एकल कर लागु गर्न र नागरिकको क्षमता अनुसारको कर निर्धाण गर्न सुझाव समेत दिएका थिए । उधोग वाणिज्य संघ राजबिराजका कार्यालय सचिब ललित कुमार झाले संचालन गरिएको कार्यक्रम ,बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित योग भवनको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका सदस्य सुरेन्द्र प्रसाद साह , अनिल प्रसाद सिंह , नगर ब्यापार संघ बोदे बर्साईनका अध्यक्ष देव नारायण साह विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१