ताजा समाचार

सामाजिक रुपान्तरणका अग्रणी भूमिका निर्वाह गर्दै पाण्डे

  • भदौ २८, २०८०
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २८ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको रामग्राम नगरपालिकाको एउटा बस्तीबाट साहित्य ,सिर्जना अनि सामाजिक रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् रवि पाण्डे । समाजमा व्याप्त भ्रष्टाचार , कुरीति अनि समाजका विकृति,विसंगति र बेथितिका बारेमा खुलेर बोल्ने साहासिक युवा हुन पाण्डे । समाजका दबिएका आवाजहरुलाई उजागर गरेर तार्किक ढंगले आफ्ना प्रस्तुति राख्दै आएका पाण्डेलाई स्थानिय जनताले आफ्ना प्रतिनिधिको रूपमा बुझ्न थालेका छन ।

स्थानिय पर्यटन लगायतको क्षेत्रको उजागरमा समय खर्चिदै आएका पाण्डेले निःशुल्क बिरुवा वितरण गरेर पर्यावरणीय सन्तुलनका लागि आफ्ना प्रयास जारी राखेका छन् । नवलपरासीको परासी सदरमुकाम स्थित रामग्राम नगरपालिका अन्तर्गत बाइपास घोरपाली स्थायी घर भएका पाण्डेको सामाजिक कार्य यतिबेला चर्चाको शिखरमा रहेको छ । समाजमा सकारात्मक परिवर्तनका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका पाण्डेको ब्यक्तित्व क्षविका कारण यतिबेला उनलाई आम मानिसको काम गर्न भ्याई न भ्याई भइरहेको छ ।

सबैलाई समान ब्यबहार र हरेक समस्यालाई गम्भीर भई बुझेर सिर्जनात्मक ढंगले समस्याको समाधान खोज्ने प्रयास गरिरहेका पाण्डले स्थानिय विकास निर्माण प्रति गम्भीर भएर पटक पटक प्रस्तुत हुँदै आएका छन् । समाजलाई असर गर्ने तत्वहरूको विरुद्धमा आफ्ना खरो विचार राख्ने र परिस्थिति अनुसार तत्काल संघर्षमा उत्रिन नडराउने उही साहासिक युवा नेतृत्व पाण्डेको चौतर्फी प्रसंशा भइरहेको अवस्था रहेको छ ।

रामग्राम नगरपालिकामा युवाहरुले उनलाई आफ्ना प्रिय पात्रका रूपमा बुझ्न थालेका छन् । स्थानिय टोल बस्तिका हरेक समस्यालाई नजिकबाट बुझेर सिर्जनात्मक ढंगले समाधानका उपायहरू खोज्दै अगाडि बढिरहेका छन् ,चर्चित युवा रवि पाण्डे ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤