एमालेको सचिवालय बैठकले ८ बुद्दे विशेष प्रस्ताव अघि सार्दै केन्द्रिय सचिवालय बैठक सम्पन्न गरेको अवस्थामा

  • भदौ २७, २०८०
  • ४६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २७ । नेपाल कम्निस्ट पार्टी एमालेको केन्द्रिय सचिवालय बैठक सिरहाको धनगढीमाई १४ को सर्रे अम्बास स्थित राईरैनीमा आठ बुदे विशेष प्रस्ताव जारी गर्दै सम्पन्न भएको छ । नेपाल कम्निस्ट पार्टी (एमाले) अर्थात् तत्कालीन माले द्वारा आयोजित नेपाल कम्निस्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेसन २०४६ साल भदौ ९ गतेदेखि भदौ १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी ३ सर्रे अम्बास (हाल धनगढीमाई १४) मा सम्पन्न भएको थियो । विशेष प्रस्तावमा भनिएको छ " निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही शासन व्यवस्थाको चरम दमनको त्यस प्रतिकूल अवस्थामा देशभित्र ,श्रमजीवी जनताहरूको आश्रय,संरक्षण र सुरक्षामा आयोजना गरिएको त्यस महाधिबेसनले एतिहासिक महत्व बोकेको छ " ।

भदौ ९ गते तत्कालीन महाधिवेसन आरम्भ भएको दिनको विशेष स्मरण गर्दै करिब ३५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर २०८० शाल भदौ १३ गते नेकपा एमाले केन्द्रीय सचिवालयको विशेष बैठक चौथो महाधिवेसन आयोजना भएको स्थानमा रहेको घरमा सम्पन्न भएको छ । यस बैठकले चौथो महाधिवेशनको एतिहासिक भूमिका , महाधिवेसनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भ समेतलाई सम्मान गर्दै आठ बुदे विशेष प्रस्ताव सार्वजनिक गरेको छ ।

प्रस्ताव संक्षेपमा

१, २०१९ सालमा आयोजित तेश्रो राष्ट्रिय महाधिवेसनपछि विभाजित र विखण्डित हुँदै क्षतविक्षत अवस्थामा पुगेको कम्निस्ट आन्दोलनलाई जरै देखि पुनर्गठन , पुनर्निर्माण र क्रान्तिकारी धारबाट एकतावद्ध बनाउने प्रयासस्वरुप शुरू भएको झापा आन्दोलन त्यसको प्रकाशमा को- कोर्डिनेसन केन्द्रको गठन र नेपाल कम्निस्ट पार्टी मालेको गठन आफैमा आन्दोलनको पुनर्जीवनका कोसेढुङ्गाहरु थिए ।

२, यस महाधिवेशनबाट मदन भण्डारीको प्रस्ताबमा नेपाली क्रान्तिको विशिष्ट कार्यक्रम पारित गर्दै इतिहासमा पहिलो पल्ट "बहुदलीय जनवादी सासन प्रणाली स्थापना गर्ने " संकल्प गरिएको थियो ।

३,चौथो महाधिवेशनले मदन भण्डारीलाई सर्वसहमत रूपमा महासचिव निर्वाचित गरेको थियो ।

४, महाधिवेशनले निरंकुश राजतन्त्र र पञ्चायती तानाशाहीका बिरुद्ध " जनबाद , जनजीविका र राष्ट्रियताका न्यूनतम साझा सवालहरुमा एक जुट हुन र राष्ट्रव्यापी रूपमा आन्दोलनको उभार सिर्जना गर्न देशमा विद्यमान सबै बामपन्थी तथा गैर बामपन्थी शक्तिहरूलाई आह्वान गर्यो ।

५, चौथो राष्ट्रिय महाधिवेसनले नेपाल कम्निस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आफ्नो जीवनकालमा पार्टी र क्रान्तिलाई अघि बढाउन दिनुभएका सकारात्मक योगदानहरूको उच्च मूल्याङ्कन गर्यो र उहाँप्रति हार्दिक सम्मान प्रकट गर्यो ।

६, महाधिवेशनले कमरेड माओले दिनुभएका योगदानहरू र चिनियाँ क्रान्तिका अनुभवहरूबाट सिक्ने तर मार्गदर्शक सिद्धान्तका रूपमा भने माओको विचारधारालाई कायम नराख्ने निर्णय गर्यो ।

७, अत्यन्त कठिन र प्रतिकूल परिस्थितिका माझ भूमिगत रूपमा आयोजना गरिएको भए पनि महाधिवेशनमा जनबाद र पार्टीको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास गरिएको थियो ।

८, २०१७ सालमा राजा महेन्द्रले पार्टीहरूमाथि प्रतिबन्ध लगाउदै निर्दलीय र निरंकुश शासनसत्ता थोपरेपछि देशभित्र पार्टी गतिविधिहरु आयोजना गर्न कति कठिनाई थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यसरी विशेष प्रस्ताव जारी गर्दै चौथो महाधिबेसन सम्पन्न भएको ३४ वर्ष पूरा भएको यस एतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई प्रेरित गर्न पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर उहाँहरूकै चाहना अनुरुप विभिन्न पूर्वाधारका कामहरुलाई अगाडी बढाउने प्रण गरेको छ । सचिवालय बैठक भदौ ९ गते तोकिएको भएतापनि अविरल वर्षाका कारण भदौ १३ गतेलाई सारिएको थियो । स्मरण रहोस् सचिवालय बैठकमा सहभागी भएर एमालेका प्रभावशाली नेता सुबास चन्द्र नेम्वाङ चाँडै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१