सिराहामा ऐजेन्टव्यक्ति बने गाउँपालिका अध्यक्ष पालिकाको अवस्था बेहाल

  • भदौ २७, २०८०
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार- लहान, २७ भदौ । लोभ लालच ललाई फकाई विदेशमा यस्तो उस्तो काम लगाई दिन्छु जस्ता आश्वासन दिने ऐजेन्टहरु धेरै भेट्छन् । यस्ता क्रियाकलापमा संलग्न अधिकाँश ऐजेन्ट व्यक्तिहरु हातपात र लात्तीको सिकार बनेको सर्वबिदित्तै छ। झुठा आश्वासन दिने र युवालाई विदेशमा राम्रो काम लगाई दिन्छु ठग्ने व्यक्तिलाई कानुनी उपचार हुनु पनि पर्छ । यो सँगै , सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर हुनुहुन्छ । वहाँ शुरुशुरुमा मानिस प्लायन गर्ने काम पनि गर्थे ।

मलेसिया , दुबई , कतार , साउदी , अरब, पठाउने झुठा आश्वासनमा धेरै युवाहरूलाई फसाएको व्यापक जनगुनासो छ। ऐजेन्ट चतुरान्नद ठाकुर पहिलापहिला अधिकाँश युवाहरुबाट करोडौं ठगी अहिले जमिन्दार रुपमा चिनाउन थालेको छ। १० गाउँका शैँयौं बढी युवाहरु सडकमा आइसके ऐजेन्ट ठाकुर मालामाल बनेको अवस्था छ। व्यापारी, ऐजेन्ट व्यक्ति चतुरान्नद ठाकुर नेपाली काङ्ग्रेसबाट निर्वाचित भएदिन देखि पालिकाको हरेक कामकाज अस्तव्यस्त र बेहाल बनेको छ।

कार्यालयको काम छोडेर पालिकाअध्यक्ष ठाकुर भोजभतेर आफ्नो नात्तेदारसँग जतिबेला रमिते रहन्छन् । पालिका अध्यक्षको यस्तो हर्कतले गर्दा कुनै पनि शाखाको कर्मचारी समयमा कार्यालय आउँदैनन् । आए पनि घण्टौं कुर्सीमा बसेर बेयोहियात कुरा गर्ने गफ्फे दिने गर्छन् । अधिकाँश कर्मचारी आफ्नै घरायसी र विभिन्न बाहानामा अनेकन कामकाजमा उनुपस्थिति हुने गर्छन् । कर्मचारीको अनेकन बाहानाबाजीले गर्दा जनतालाई सुशासन पाउन हम्यहम्य भएको छ।

लक्ष्मीपुर पतारी गाउँपालिकामा शिक्षा , स्वास्थ्य , सडकसहित जनताका आधारभूत आवश्यकता पुर्णरुपमा पुरा हुन सकेको छैन्। अहिलेसम्मको सबैभन्दा भ्रष्ट र अनियमितताले लीन पालिकाअध्यक्षको रुपमा चतुरान्नद ठाकुरलाई चिनिन्छ । कमिसनखोर, घुसपैठ , भ्रष्टाचार पालिकाप्रमुख हरेक योजनामा चलखेल देखेर विपक्षीको डरले ठाकुर कार्यालय छोड्न बाध्य हुन्छन् ।

हप्तौं- दिनसम्म पालिकास्थितका शाखा कर्मचारी विहीन रहन्छ, सेवाग्राही जनता सेवा लिन लाइनमा बसेको हुन्छ । तर, बढदो कर्मचारीतन्त्र र नैतिकहीन सोचका पालिकाअध्यक्ष भएपछि सेवाग्राही सास्ती खेप्नु परेको छ। पालिकामा अध्यक्ष ठाकुरको करामतले कमाल गरेको अवस्था छ।

महेशपुर पतारीका केदारनाथ यादवका अनुसार- इटा चिमनी व्यापारी , ऐजेन्टबाट विकास जनउपेक्षित काम सम्भव छैन्। नेपाली काङ्ग्रेस जहिल्यै पनि भ्रष्टाचार नियतले चुनाव लड्छ, चुनाब जित्छ जनतालाई दु:ख दिन थाल्छ । यादवका अनुसार - हाम्रो पालिकाको करोडौं बराबरको रकम फ्रीज हुँदै आएको छ। रकमको सही सदुपयोग नहुँदा पालिकाका जनतामा ह्रासपनाको अनुभुती देखिएको छ।

भनिन्छ "बिना लक्ष्य मानिस र बिना लक्ष्य पालिकाअध्यक्ष उस्ताउस्तै हो" । केदारनाथ यादव भन्नुहुन्छ " लक्ष्मीपुर पतारी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान छापामार हुनुपर्ने अतिआवश्यक रहेको बताउँछन् । अधिकाँश कागजी मिलान दाँज्दा बेरुजु र भ्रष्टाचार गरेको ठहिरिने बताउँछन् । पछिल्लो समय सितापुरका नेकपा एमालेका नेता देबु साहले आ.व.को हरहिसाब माँग गर्दै लिखित निवेदन पेश गरेको महिनौं बढी भए तर, लेखा शाखाबाट कुनै सुनवाइ आएको छैन्। हरेक कागजी प्रक्रिया अनियमिततामा डुबेको छ।

यो सँगै ल.प. गाउँपालिकामा ३ वटा व्यक्ति मिलेर जनताको काम कम तर करलाई बढी दुरुपयोग गर्दै आइएको देखिन्छ । पालिकाअध्यक्ष चतुरान्नद ठाकुर चारपाङ्रे सरकारी गाडी एकलौटी रुपमा राखेका छन् । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अशोककुमार शिँह बेग्लाबेग्लै भाडाको चारपाङ्गरे गाडी प्रयोग गर्दै आएका छन् । यसरी जनताको करोडौं रुपैयाँको कर दुरुपयोग गर्दै आईरदा स्थानीय आक्रोशित बनेको अवस्था छ।

त्यसैगरी, आज हप्तौंदिन देखि जनता माध्यमिक विद्यालय पोखर्भिण्डा पर्सामा तालाबन्दी गरिएको अवस्था छ। प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको भ्रष्टाचार गरेपछि त्यहाँका स्थानीय युवा तथा भ्रष्टाचार छानबिन समितिले प्र.अ. साहको कार्यवाही माँग गर्दै विद्यालयमा तालाबन्दी गरेको छ। श्रोतका अनुसार - गाउँपालिका अध्यक्ष कमिसनको चलखेल मिलेमतो भएपछि प्रअ साहको कार्यवाही प्रक्रिया फितलो देखिएको छ।

यता, चतुरान्नद ठाकुरले प्रअ साहलाई कार्यवाही नगरि विद्यालयको तालाबन्दी खुलाउन इलाका प्रहरी महेशपुर पतारीमा अनौपचारिक भेटघाट गरेको छ। अध्यक्ष ठाकुर भन्छन् - सरकारी कार्यालयमा तालाबन्दी गर्नुहुँदैन । भ्रष्टाचार छानबिन समिति र पालिकाका स्थानीय युवाहरु प्र. अ. माथिको हरहिसाब मांग गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी प्रशासन कार्यालय सहित निकायमा निवेदन गर्दै आएको भ्रष्टाचार छानबिन समितिका सदस्य चन्द्रशेखर यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१