Siraha Times
ताजा समाचार

एसईई उर्तिण विद्यार्थीहारुलाई चमार कल्याण समाजद्वारा सम्मान

  • भदौ २३, २०८०
  • १२५० पटक पढिएको
  • रामएकवाल राम
alt

 रामएकवाल राम लहान - सप्तरीको सुरुङ्गा नगरपालिका -६ कडरबोना चमारटोलमा शनिबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्तिण गरेका १० जना विद्यार्थीहरुलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ। चमार कल्याण समाज नेपालले एक कार्यक्रम बिच एसईई परिक्षामा उर्तिण भएका विद्यार्थीहरुलाई बधाई एव सम्मान गरेको छ। सुरुङ्गा नगरपालिका -६ का वडा अध्यक्ष दिनेश कुमार रामको प्रमुख आतिथ्य,युगेश्वर रामको विषिष्ट आतिथ्य, सुरुङ्गा -६ का पुर्व वडा सदस्य विन्धी रामको सभाध्यक्ष, समाजाका भद्र भलादमीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथी रामले सम्मानीत विद्यार्थीहरुलाई अगामी भविष्यको शुभकामना दिदै अल्बर्ट आइंस्टाईन जस्तै सफल ब्यक्तित्व बन्न शुभकामना दिए । उनले शिक्षाका साथै समाजमा पनि सेवा गर्न विद्यार्थीहरुलाई आग्रह गरे । सम्मान कार्यक्रममा सुरुङ्गा -६ का पुर्व वडा सदस्य तथा कार्यक्रमका सभाध्यक्ष रामले पास भएका विद्यार्थीहरुलाई बधाई दिदै भविश्यमा अझ कडा मिहिनेत गरेर ठूलो व्यक्ति बन्न आशीर्वाद दिए । चमार कल्याण समाज नेपालको केन्द्रीय सदस्य जग जिवन राम (जीवन कुमार)ले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१