ताजा समाचार

प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

  • भदौ २२, २०८०
  • ७९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - प्रदीप गिरीको प्रथम वार्षिकी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले कांग्रेसका दिवंगत गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लहानले आयोजना गरेको कार्यक्रममा मेमोरियल अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 1 32

साथै लहानको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाएको हो। गिरि नेपालको राजनीतिक, सामाजिक रूपान्तरणका एक मौलिक विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे। गिरिले पुर्याएको योगदान, दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण पछिको पुस्तासम्म स्मरण रहने उनले बताए ।

उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन र राजनीतिक विश्लेषण आफ्नै मौलिक दृष्टिकोण थियो’, गिरिलाई सम्झँदै प्रचण्डले भने- ‘राज्यले आतङ्ककारी घोषणा गरी हाम्रो टाउकोको मूल्य तोकेको अवस्थामा माओवादी सशस्त्र विद्रोह राजनीतिक समस्याको रूपमा विश्लेषण गर्नुभयो । त्यहीअनुसार देउवासँग भेट गराउनुभयो ।’

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤