ताजा समाचार

नेपाली कांग्रेसद्वारा सांघातिक हमलाका दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी

  • भदौ २०, २०८०
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २० । काठमाण्डौ स्थित रिपोर्टस क्लबबाट बोलेर बाहिरिने क्रममा नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि आज दिउसो करिब १ बजेर १५ मिनेटको समयमा सांघातिक हमला भएको थियो । घटना स्थलबाट प्रहरीले दोषीलाई नियन्त्रणमा लिएको अवस्था एकातिर रहेको छ भने अर्कोतिर सख्त घाइते नेता महेन्द्र यादवको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारबाहीको लागि नेपाली कांग्रेस पार्टीको बी .पी. स्मृति भवन ,ललितपुर स्थित रहेको केन्द्रीय कार्यालयबाट विज्ञप्ति जारी गरिएको छ ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलको हस्ताक्षार भएको विजिप्तिमा भनिएको छ " उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समुह ऊपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ " त्यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले समेत विज्ञप्ति मार्फत घटनाप्रति गम्भीर ध्यनाकर्षण भएको बताएको छ ।

साथै नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयले विज्ञप्ति मार्फत दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय भन्दै घटनाको भर्त्सना गरेको छ । देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरुक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको उनीहरूको आरोप छ । घाटनाको संपूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने अडान विद्यार्थी संघले लिएका छन । खुकुरीसहित नियन्त्रणमा लिइएको सापकोटाको घर नुवाकोटको विदुर भई हाल उनी बालाजु क्षेत्रमा बस्दै आएको बुझिएको छ । टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤