सामाजिक सदभावमा आँच पुगाउनेलाई खवरदारी गर्दै पाण्डे

  • भदौ १८, २०८०
  • ४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १८ । नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रमा जारी नेपालको संविधानमा धर्म निरपेक्षताको विषय लेखिएता पनि कसैको धार्मिक आस्था र विश्वासमाथि आँच आउने गरी कुनै कार्य गरिनु सामाजिक दृष्टिकोणबाट अपराधी गतिविधिको रूपमा लिइन्छ । देशमा हिन्दुत्वको पहिचानको रूपमा कानुनले गाईगोरु काटन पाईदैन भनेतापनि कानुनको धज्जी उडाउदै,समाजिक सदभाबमा आँच पुगाउने जो सुकैलाई कानुनी कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

देशमा गाई गोरु काटेर हिन्दुहरुको आस्थामाथि खेलबाड गर्ने अराजक समुहलाई कानुनी कारवाहीको माग गर्दै लुम्बिनी प्रदेशको पछिम नवलपरासीको परासीमा नवलपरासी हिन्दू समाजले विरोध र्याली निकाल्दै स्थानिय बुद्ध चोकमा कोण सभा सम्पन्न गरेको छ । सभामा बोल्दै रामग्राम नगरपालिकाका चर्चित युवा नेता रवि पाण्डे भन्नुहुन्छ " सामाजिक सदभाव र एकता कायम राख्ने विषय हरेक नेपालीको चाहना, जिम्मेवारी र कर्तव्य हो । विगतमा नेपाल हिन्दुराष्ट्र रहँदा कुनै धर्म वा धर्मावलम्बीले उपेक्षित र अपहेलित भएको महशुस गर्नुपरेको थिएन ।

पछिल्लो समय नेपालको संविधानको मर्म र भावना विपरीत धरानमा गौवंश हत्या गरिनु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा योजनाबद्ध प्रचार गरिनु परिस्थितिलाई उत्तेजित बनाउने र हिन्दु समुदायको एकताभाव मापन गर्ने कुत्सित चालबाजी र षड्यन्त्र थियो भन्नेमा कसैको विमति नहुनसक्छ । द्वन्द्व निम्त्याउने र देशलाई अस्थिर बनाउने षड्यन्त्रका विरुद्ध सम्पूर्ण सनातनीहरु चनाखो रहनैपर्छ ।

गौवंश हत्याको विरोध एवं सनातन धर्मको रक्षाका पक्षमा देशव्यापी देखिएको स्वस्फूर्त प्रदर्शन जायज छ, स्वभाविक छ । सदभाव र्यालीले कसैको अहित पनि गर्दैन । संविधान प्रति राज्य जिम्मेवार नबन्दा कहिलेकाही चिज पेचिलो बन्न जान्छ नै । गौवंश हत्याको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएको देखिदैन । धार्मिक आस्था, विश्वास र संवेदनशीलता खेलाँचीको विषय हुनै सक्दैन । धर्म निरपेक्षको आडमा भइरहेको संगठित धर्म परिवर्तनको वेगलाई निस्तेज नपार्ने हो भने सनातन धर्म संकटमा पर्न सक्छ । कानुन बमोजिम दोषि र समाजिक सदभाव खलल गर्ने र देशको कानुनको उपेक्षा गर्नेलाई तुरुन्त कार्वाही गरियोस् "

वास्तवमा खुला रूपमा चुनौती दिँदै गरिएको अराजक गतिविधिले समाजमा अशान्तिको सिर्जना गर्ने आम बुझाई रहेको बेला सबै जबाफदेही हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

राष्ट्रिय महाधिवेशन ...

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१