Siraha Times
ताजा समाचार

टावरका साथमा वडा अध्यक्ष अमित ठकुरी

  • भदौ १५, २०८०
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १५ । सिरहाको विकटमा रहेको धनगढीमाई नगरपालिका १४ का बस्तीहरूमा मोबाइल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको सामग्री ल्याएर टावर निर्माणको वातावरण सिर्जना गरेर वडामा खुशीयालीको खबर आम जनतालाई दिनु भएको छ । धनगढीमाई नगरपालिका १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाइल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीको आधुनिक युगको आभास दिलाउनका लागि धेरै लामो संघर्ष र मेहनत गरेर वडा अध्यक्ष अमित ठकुरीले उपहार स्वरूप धनगढीमाई नगरपालिकाको वार्ड न १४ का लागि नेपाल टेलिकमको टावर ल्याउनमा सफल भएको छ ।

आम जनताको सञ्चार सुविधालाई ध्यानमा राख्दै आएका वडा अध्यक्ष अमित ठकुरीको निरंतरको प्रयासले टावर वडामा भित्रिएको हो । आम जनताको सेवा सुविधालाई ख्याल गर्दै वडा अध्यक्ष अमित ठकुरीले टावरको लागि गरेको प्रयास सफल भएपछि स्थानिय जनताले हाई हाई भन्न थालेका छन । टावर वडामा निर्माणको लागि भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका जिल्ला सभापति माननिय राम चन्द्र यादब लगाएत मन्त्रालयका प्राविधिक इन्जिनियर मीन प्रसाद घर्ती र दिनेश यादवलाई वडा अध्यक्ष अमित ठकुरीले विशेष धन्यवाद दिनु भएको छ ।

टावर निर्माणको लागि प्राविधिक रूपले यस अघिनै ठाउँको छनौट भइसकेको नेपाल टेलिकम लाहान शाखाले जनाएको छ । टावर निर्माणले सिरहाको धनगढीमाई नगरपालिका वडा नं १४ का सबै बस्तीहरूमा मोबाइल नेटवर्कमा कुनै कमी हुने छैन भने उदयपुरकाे कटारी नगरपालिकाका विभिन्न वडाहरूमा समेत नेटवर्कले सजिलै काम गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१