सिरहाको अम्बासमा एमालेको सबिवालय बैठकको तयारी पूरा

  • भदौ १३, २०८०
  • ५२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १३ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ मा हुन लागेको एमालेको सचिवालय बैठकको तयारी पूरा भएको छ ।स्थानिय राईरैनी बस्तीको मदन स्मृति पार्कमा आयोजना हुन लागेको सचिवालय बैठकको लागि मंच ब्यबस्थापन ,व्यानर ,गेट लगायतको कार्यक्रम पूरा भएको एमाले सिराहाले जनाएको छ ।

करिब ३४ वर्ष अगाडि भूमिगत अवस्थाका समयमा पार्टीको चौथो महाधिवेशन सम्पन्न गरी पार्टीका प्रभावशाली नेता मदन भण्डारीलाई महासचिव बनाएको ठाउँको रुपमा रहेको उक्त ठाउँमा रहेको घरमा आज जिल्ला कमिटी लगायतको बैठक बस्दै पत्रकार सम्मेलन मार्फत सचिवालय बैठकको बारेमा जानकारी गराइएको थियो ।विक्रमसंवत् २०४६ मा भदौ ९ देखि १४ गतेसम्म संचालित कम्निस्ट पार्टीको महाधिवेशनले मदन भण्डारीलाई महासचिव बनाएको थियो ।

सचिवालय बैठक भदौ ९ गतेको लागि तय गरिएपनि अविरल वर्षाका कारण १३ गतेको लागि सारिएको हो ।कार्यक्रम स्थलमा पुग्नका लागि बाटोघाटो सहज छैन भने अर्कोतिर मोबाइल नेटवर्क समेतको अभाव देखिएको छ ।

बैठकले सकारात्मक संदेश दिने भनिएता पनि एमाले पार्टीले पटक पटक सरकारको बागडोर सम्हालेता पनि हालसम्म मदन भण्डारीको हत्यारा र यस ठाउँमा हालसम्म विकाशले फडको नमार्नुलाई स्थानियले चिन्ताको विषय मानेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

अनैतिक सम्बन्धका कार ...

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्य ...

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१