ताजा समाचार

सिरहा प्रहरीको फितलो सुरक्षा नवराजपुरमा दूई दर्जनबढी आँशुग्यास प्रहार, दर्जनौ घाईते

  • भदौ १२, २०८०
  • १२५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । लहान, १२ भदौ । सिरहाको नवराजपुरमा पोखरी विवाद चरम रुप लिएको छ । ऐलानी पोखरी गाउँपालिकाले राजस्व संकलनको लागि ठेक्का लगाउँदा स्थानीय शिवराम यादवले आफ्नो भोगचलन रहेको भन्दै विवाद गरेको छ । आज गाउँपालिकाले पोखरीमा माछा मार्न लाग्दा पूनः विवाद चरम रुप लिँदा दर्जनौ घाईते भएको छ । योसँगै फोटो खिच्दा स्थानीय रवीन्द्र यादवका छोरा मुकेश यादवले पत्रकारको मोवाइल खोसेर भागेका छन् ।

मुकेश यादवलगातय १२—१५ जनाले ट्रायक्टर तोडफोड गरी आगो लगाउँने प्रयास गर्दा त्यो फोटो खिच्न लाग्दा पत्रकारमाथी हातपातको प्रयास गदै मोबाइल खोसेर भागेको छ । मोवाइल उपलब्ध गराउँन र दोषीलाई कारवाही गर्न सिरहा एसपीलाई पटक पटक फोन गरेपनि कुनै सुनवाई भएन । नवराजपुर स्थित रहेको सिनियर प्रहरी उपेन्द्र साह दोषी मुकेशसँग मिलेर मोबाइल भोली पर्सी फिर्ता दिने जानकारी गराएका छन् । अर्का एक सिनियर प्रहरी अपराधीलाई नियन्त्रणमा नलिएर एक होटलमा रक्सीपान गरी झोलामा मदिरा बोकेर मोटरसाईकलमा रमन्ते भएर हिडे । जहाँ अपराधीलाई प्रहरीले संरक्षण गर्दै नवराजपुर चलाउँछ त्यहाँ सिरहाको सुरक्षा कस्तो होला ? चर्चाको विषय बनेको छ । पत्रकारहरुले मोबाईल खोस्ने व्यक्तिको नाम घर ठेगाना पता लगाएपनि प्रहरीले त्यहाँ पुग्न सकेन ।

पोखरीमा माछा मार्ने विवादमा गाउँपालिका स्वंमसेवकलगायत आधा दर्जन घाईते भएका छन् भने शिवरामपक्षका आधा दर्जन घाईते भएका छन् । दूईपक्षको झडपमा सशस्त्र प्रहरी र नजपथ प्रहरीले २६ राउण्ड आँशुग्यास प्रहार गर्दा ९ जना प्रहरी घाईते भएका छन् । घटनावारे सिरहाका सिडियोलाई जानकारी गराउँदा मौन साधेर बसे ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤