ताजा समाचार

पोखरीको विषयमा भीषण घमासान

  • भदौ १२, २०८०
  • १०६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान भाद्र १२ गते । सिरहाको नवराजपुर गाउँपालिका वार्ड ३ मा आज भीषण भिडन्त भएको छ । स्थानिय सरकरले एलानी जग्गा तथा लालपटा नभएका पोखरिलाइ कानुन अनुसार ठेक्का लगाएको विषयमा प्रहरी र पोखरी निजीकरण गर्न खोजेको स्थानिय बिच भिडन्त हुदा करिब एक दर्जन जति पालिका पक्षका र केही प्रहरीको समान्य घाइते भएको छ । पालिका पक्षले प्रहरीप्रशासनको बाल प्रयोग गरि नवराजपुरको फुलबारी पोखरिमा महाजाल प्रयोग गरेपाछी विपक्षी स्थानिय युवाहरुले डुंगामुढा हानेर घाइते गरेको छ ।

तनाब उग्ररुप लिए पछि शस्त्रले २६ र नेपाल प्रहरिले १० राउन्ड आँसु ग्यास बिस्फोट गरेपछी केही छिन समान्य थिए तर ग्यासको प्रभाब कम हुने लगतै विपक्षी युवाहरुले पालिकाको टयाकटरमा लखौको क्षति गरि लखौ रकमको महाजालमा पनि आगो लगाइएको छ । दुइजना पत्रकारलाई दुव्र्यवहार गरि एक जनाको मोबाइल पनि लुटपाट गरेको छ । शिबराम यादवले बर्सौ देखि निजिरुपमा भोगचलान गर्दै आएको र हालसम्म स्थानीय सरकारको कब्जामा दिन्न भने मनसायले दोहोरो भिडन्त भएको छ । कानुन बिपरित कर्य गरि क्षति पुर्याउनेलाइ कर्वाही गर्ने कुरा पालिका अध्यक्षले भने ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤