ताजा समाचार

लोकतान्त्रिक किरात राई संघ नेपालको प्रथम मधेस प्रदेश अधिबेशन

  • भदौ १०, २०८०
  • ६०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० भदौ - लोकतान्त्रिक राई संघ नेपालको मधेस प्रदेशको प्रथम अधिबेशन सिरहाको चोहर्वामा भब्य रूपमा सम्पन्न भएको छ्।देशमा आदिवासी मुल जाति हो भन्दै सम्पुर्ण आदिवासी संगठित हुनुपर्छ भन्दै लोकतान्त्रिक राई संघ नेपालको जन्म दिएको बताए।

सबै जातीय संगठनहरु खुलेको छ आदिवासी जनजातीहरु पनि एक जुट भएर नेपाली राजनीतिमा अगाडी बढनु पर्छ उनलेे बताए।प्रमुख अतिथिका अनुसार पुर्वकालमा नेपालको नाम किराँत थियो।पुर्वको बर्मा देखि भारतको पटना हुँदै पाकिस्तानको सिन्दु घाटीसम्म उतरी भूगोल किराँत राज्य थियो।माहाभारतको काल खण्डमा भारती उतरीय खण्डीय कैरात प्रदेश भने इतिहासमा उल्लेख छन्।

भनाले यो भुभाग भनेको आदिवासीहरुको बहुदलीयता र बसोबास गर्ने ठाँउ हो।पछि शाशन कालमा शासनहरु फेरीदै जादा २ सय ४१ बर्ष अगाडी पृथ्वीनारायण साहले नेपाल बनाएको कुरा उल्लेख छन्। हाम्रो पुर्वजहरुको इतिहास निकै ठुलो रहेको उनलेे दर्शाएका थिए।हामी आफनै कारणले गर्दा राजनीतिमा पछाडि रहेको कुरा जगजाहेर छन्।

अब हामी सम्पुर्ण आदिवासीहरु संगठित भएर आफनो हक अधिकारको लागी लडने र खबरदारी गर्ने दिन आएको कुरामा जोड दिनु भयो।मधेस प्रदेशको प्रथम महादिबेशन सकिने लगत्तै जिल्ला नगर र वडा कमिटीहरु गठन गरिनुपर्छ भने कुरामा ध्यानाकर्षण गराउनु भयो।अधिबेशनबाट संदेश राई संयोजक लगायत ३५ सदस्य समिति गठन गरिएको आयोजक समितिले जनाए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤