Siraha Times
ताजा समाचार

जसपा नेपालको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

  • भदौ ६, २०८०
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स भदौ ,६ । सिरहाको धनगढीमाई १० को कृषि बजारको प्राङ्गणमा जनता समाजबादी पार्टी नेपालको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पूर्व निर्धारित समय अनुसार राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आउने भएपछि नेता तथा कार्यकर्ताहरु नेता यादवलाई स्वागत गर्नका लागि सिराहा जिल्लाको मुख्य चोक चोकमा फूल माला लिएर आउनु अगावै तयारी अवस्थामा रहेका थिए । जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाद्धारा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

माननिय उपेन्द्र यादवको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा राजकिशोर यादव, प्रदेश सांसद ललिता विद्रोही , जिल्ला स्तरका नेता तथा कार्यकर्ता, प्रदेश स्तरका नेता तथा कार्यकर्ता, लगायतको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमको पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन माननीय उपेन्द्र यादवले गर्नु भएको थियो । ज्ञात अज्ञात वीर सहिदप्रति मौन धारण गर्दै राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारिकता शुरू गरिएको थियो । कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभाबशाली नेता तथा पूर्व मन्त्री राजकिशोर यादवले " कुनै भ्रष्टाचार काण्डमा जनता समाजवादी पार्टी नेपालका नेताहरु नमुछिएपछि ‘गौर घटना’ को बहानाबाजी गरेको आरोप लगाउनु भयो ।

आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले हाम्रा नेताहरु सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डमा नमुछिएकाले उपेन्द्र यादव अव देशको हिरो हुदैछ , भन्ने त्रासका कारण गौर घटनाको बाहाना निकालेको जिकिर गर्नुभयो । नेता यादवले गौर घटना विशुद्ध राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक नजरले हेर्न जरुरी भएको बताउनु भयो । वरिष्ट नेता यादवले पार्टीमा नव आगन्तुकलाई माला र टिका लगाएर स्वागत गर्नु भएको थियो ।

उल्लेखनीय संख्यामा सहभागी भएको कार्यकर्ताहरुको लागि कार्यक्रम परिसरमा महिला र पुरुषको लागि बसाई ब्यबस्थापन गरिएको थियो । कार्यक्रम स्थलमा व्यापक रूपमा नेपाल प्रहरी ,ट्राफिक प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको थियो । कार्यक्रममा बोल्दै नेता यादवले " देशमा मधेशी जनताको हक हितमा आफूहरु गभिर रूपमा आवाज उठाईरहेको आशय प्रकट गर्नु भएको थियो । सिरहाको धनगढीमाईमा पहिलोपटक यसरी भवयतापूर्वक गरिएको कार्यक्रमलाई आम जनताले सकारात्मक दृष्टिकोणबाट मूल्यांकन गरेको आम बुझाई रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

आदर्श कोतवालमा नेशनल ...

रंजित चौरसिया,कलैया ११ वैशाख। बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अ ...

लहानमा ‘विल्डअन’सँग ...

सिरहाटाइम्स वैशाख ११ । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिकाले अन्तर्रा ...

“यातायातमा खुला लुट: ...

रंजित चौरसिया,वीरगंज ११ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजका “च झ” फाँट प्रमुख अधि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१