ताजा समाचार

उपमेयर महतो डोजर सहित बलान कटान क्षेत्रमा

  • साउन २१, २०८०
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स साउन २१ । सिराहा र सप्तरीको सीमानाको रुपमा रहेको बलान खोलाको धार परिवर्तनले स्थानिय चिन्तित भएका छन । लहान नगरपालिका वडा नं २३ स्थित बलान खोलाले कटान गर्दै बाढी र खोला बस्तीमा प्रवेश गर्ने प्रवल सम्भावना रहेको अवस्थाको सिर्जना भएपछि स्थानिय चिन्तित हुँदै स्थानिय सामग्रीको प्रयोग गर्दै बाढी रोक्ने प्रयास लागेका हुन । खोलाको पक्षिम्मी भागमा कटानले गर्दा भूक्षय बढेपछि स्थानिय युवाहरुले बासको टाटी बनाएर खोलामा भाटाको सहाराले लहरै लगाएका छन । बलान खोलाको वास्तविक स्थितिको बारेमा जानकारी पाएं लगत्तै लहान नगरपालिकाका उपमेयर रामचलितर महतो डोजर सहित उक्त ठाउँमा पुगेर स्थानियको खेत जग्गा जोगाउनका लागी प्रयास गरेका हुन ।

Open photo

दीर्घकालीन योजना अन्तर्गत रहेर नदी नियन्त्रणका उपाय गरिने उपाय प्रति निकाय गम्भीर नभएको खण्डमा करिब हजारौं बिगाहा जमीन र केयौ बस्तीहरू मरूभूमिमा परिणत हुने अवस्था रहेको यस ठाँउप्रति सम्बन्धित निकाय गम्भीर हुनु पर्ने अवस्था रहेको छ भने समयमा ध्यान नदिएको खण्डमा बलान खोलाको धार परिवर्तन भई सीमावर्ती भारतको भुमिसम्म बलान नदी पुग्दा एकातिर नेपालको भूमि मरूभूमिमा परिणत हुन्छ भने अर्कोतिर सीमा विवाद उत्पन्न हुने अवस्था रहेकोले तत्काल निकाय गम्भीर हुनु पर्ने देखिन्छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤