Siraha Times
ताजा समाचार

लहानमा ५ लाईन्स कलबको संयुक्तरूपमा पदस्थापना सम्पन्न

  • साउन २०, २०८०
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० श्रावण - लाईन्स कलब अफ फुलवारी लगायत ५ वटा लाईन्स कलबको संयुक्तरूपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।बिगत करिब ५ बर्ष अगाडी लहानमा भित्रीएको लाईन्स कलबहरु समाज सेवामा सकृय रहेका छन। शुक्रबार राती लहान नगरपालिका वडा नम्बर ७ स्थित रहेको मारवाडी सेवा सदनमा लहानमा अबस्थित रहेको लाईन्स कलब अफ लहान सिटी,लाईन्स कलब अफ सनसाईन, लाईन्स कलब अफ फुलवारि,लाईन्स कलब धनगढीमाई, लाईन्स कलब अफ मिर्चैया लगायतका ५कलबले संयुक्तरूपमा पदस्थापना कार्यक्रम बृहत रूपमा सम्पन्न गरेको छ्।बर्ष भरिमा गरेको सेवाको चर्चा गर्दै समाज सेवामा अतुलनीय सहयोग र योगदान दिने मनहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।

Open photo

लाईन्समा लागेका ब्यक्तीहरुले जातीय लिङ्गको आधारमा भेदभाव नगर्ने संस्था हो। उक्त संस्था सेवा प्रदायक संस्था भएकोले गरिब दलित निमुखा ब्यक्तीहरुको सेवा गर्ने संस्था रहेको बताए।हामीले हेरेर अरु पनि लाईन्सको सदस्य बन आकर्षण होस, २०२७ सम्म १५ लाख सदस्य बनाउने उदेश्य राखेको शिव कुमार कटुवाल district 325 F गभर्नरले बताए। ५ वटा लाईन्स कलबको पदस्थापना संयुक्त रूपमा गर्न पाउदा आफू खुशी भएको लाईन्स कलब अफ फुलवारीका निबर्तमान अध्यक्ष राकेश झाले बताए।झाले कार्यक्रम कै बिच अध्यक्षको जिम्मेवारी राजा बाबु साहलाई दिएको जनाए। नेपालका पुर्व प्रधानमन्त्री मातृका प्रासाद कोइलाले नेपालमा १९७१ सालमा नेपालको बिराटनगरमा सर्व प्रथम संचालनमा ल्याएका थिए।क्यानाडाका डाक्टर पेशी हिम भने ब्यक्तीले समाजको हित हुने गरी समाज सेवाको भवनाले लाईन्स कलबको जन्म दिएको तथ्यांकमा उल्लेख छन्।

Open photo

बिश्व युद्ध भएको बेला यस्तो युद्धमा परेर धेरै ब्यक्तीहरुको समस्या हुँदा घाते ब्यक्तीहरुलाई उपचार र दु:खमा साथ दिने भएको हुँदा तेहि ठाँउबाट लाईन्सको जन्म भएको बताए। लाईन्स कलब अन्तर्राष्ट्रिय संस्था हो।सेवाको भवनमाले जो सुकै ब्यक्ती सदस्य बन्न पाउने छन्।बिश्वमा लाईन्समा १४ लाख सदस्य हुनुहुन्छ जस मध्ये नेपालमा ४५ हजार सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१