ताजा समाचार

गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब

  • साउन १७, २०८०
  • ८९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान १७ गते साउन । सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्काको विषय लिएर बिवाद भएको छ । पोखरिलाई निजीकरण तथा पुर्खौली पेशा बनाउनेहरुको बिरोधमा नवराजपुर गापा अध्यक्ष शिव उदगारको आयोजनामा आज पत्रकार सम्मेलान गरिएको छ । नेपाल सरकारको नियम कानुन अनुसार नवराजपुर गापाले एक स्थानीय तहले गर्नुपर्ने राजस्वा आयाआर्जान हेतु पोखरी ठेक्काको सुचना प्रकाशितपछि साउन १५ गते पोखरी निजीकरण राख्न खोजेको नवराजपुर ५ का शिबराम यादब र सोही पालिकाबाट बसाइसाराइ गारी सिरहा घर भएका नाबिन यादबले सयौं मास बनाएर पालिकाको बिरोध गर्दै तला लगाउन खोज्नेक्रममा पालिका परिसारमा रहेको बिधुतिय सामग्री लुटपाट गरि सेवाग्राही र ठेक्का फर्म भर्नेलाइ त्रास देखाइ फर्म भर्न दिएन तर १५ गते भान्दा पहिला करिब २३ जनाले फर्म भरेको अध्यक्ष शिव उदगार यादवले जनाएको छ ।

१५ गतेका दिन अध्यक्ष काठमाडौंमा थियोे भने उपाध्यक्ष हाकिम र लेखा उपस्थीत नरहेको बेला यसरी गुंडगर्दी गर्नु भन्दा आपसमा स्थानिय सरकारसङ छलफल गर्नु जरुरी रहेको थियोअध्यक्ष यादवले भने । शिबराम र नवीनको समुहले एक जनालाई दातले टाेकेर घाइते बनाउनुका साथै केही महिलालाइ गाली पनि गरेको कुरा अध्यक्ष शिव उदगार यादबले पत्रकार सम्मेलन मर्फत सर्वजनिक गरेको छ । यसैबिच सुरक्षाकर्मिले उग्रअवस्थालाई शान्त गर्न खोजदा भागदौडमा शिबराम यादब घाइते भएको छ । घाइते यादब उपचारकोक्रमा रहेको समेत अध्यक्ष यादबले जानकारी गराइएको छ । नेपाल सरकारको कानुनी प्रकुयालाइ धाज्जी उठाउने र गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्न बाध्य रहेको अध्यक्ष यादबले थप्दै भने ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤