ताजा समाचार

सिराहा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

  • साउन १३, २०८०
  • ८६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १३ । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाईकाे जिरोमाइलमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आपसी क्षलफल भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिरहाद्वारा आयोजीत कार्यक्रममा उक्त पार्टीका सम्पूर्ण नगर,गाउँ सभापति तथा भातृ संघसंगठनका सभापतिहरुको भेलामा सहभागिता रहेको थियो । पार्टी सभापति रामचन्द्र यादवको निवासमा आयोजीत कार्यक्रममा विभिन्न पालिका अन्तर्गत रहेका पार्टीका सक्रिय सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

समय परिस्थिति अनुसार पार्टीको कार्यक्रमलाई ग्रामिण स्तरसम्म समिति बिस्तार गर्दै आम जनताकाे सरोकारको विषयमा पार्टीको नेतृत्व पक्तिले गंभीर रूपमा लिएर अगाडि बढ्ने लगायतका समसमायिक विषयमा छलफल गरिएकाे थियाे । पार्टी सभापति रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न टोल बस्तीवाट आएका नेता तथा कार्यकर्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤