ताजा समाचार

सिरहाको नवराजपुर गाउपालिकामा सोमवारदेखि कित्ताकाट सुरु स्थानीय खुशी

  • साउन ८, २०८०
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओपी यादव लहान ८ साउन । सिरहाको नवराजपुर गाउपलिकामा सोमवार देखि कित्ताकाट शुरु भएको छ करिब एक  देखि रोकिएको कित्ताकाट शुरु भए लगतै त्यहाका जनता खुशीले गदगद भएको देखिन्छ ।  सोमवारदेखि निरन्तर जग्गा कित्ताकाट भएको पालिका अध्यक्ष शिव उदगार यादव बताउनु भएको हो नवराजपुर गाउपलिका अध्यक्ष यादव प्रमुख प्रशासकीय अधिकृत राज किशोर शाह गाउपलिका उपाध्यक्ष पुनक कुमारी यादव वडा न० २ वडा अध्यक्ष सुरेश कुमार यादव सहितको एक टोलि नापी शाखा लहानको कार्यालयमा नापी प्रमुख संजय कुमार सिंह मालपोत कार्यालय लहानको प्रमुख दिपेन्द्र नारायण चौधरीको एक कार्यक्रमको बिच जग्गा वर्गीकरणको सम्पूर्ण कागजात हस्तान्तर गरि जग्गा कित्ता काट शुरु गराउनु भएको हो । लहान नगर पालिका अन्तरगत ९ ओटा पालिकाको कामकाज हुदै आइरहेकोमा अहिलेसम्म २ ओटा नगर पालिका र गाउ पालिका मध्ये नवराजपुर गाउपलिका पहिलो कित्ताकाट सुरु गराएको नापी प्रमुख संजिव कुमार सिंह बताए । बिगत एक वर्ष देखि कित्ता हुन् नसकेको हुदा जनताहरुमा त्राहिमाम त्राहिमाम छाएको थियो कित्ता काट हुन् असक्दा व्यपार बवसाय तथा घरायसी समस्या समेत झेल्दै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤