ताजा समाचार

कहाँ छ अख्तियार ? कहाँ छ सम्पति शुद्धिकरण विभाग ? करोडौं करोडको सम्पत्ति कसरी जोडे लेखा अधिकृत उपेन्द्र यादव ?

  • साउन ८, २०८०
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजीत चौरसिया,वीरगंज ८ साउन। यातायात व्यवस्था कार्यालय सवारी शाखामा कार्यारत्त लेखा अधिकृत उपेन्द्र यादवले जागिरको सानै अवधिमा करोडौं करोडको सम्पत्ति जोडे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको ध्यान नजांदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । रौतहट जिल्ला निवासी अधिकृत यादवले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां भ्रष्टाचार गर्दै केही खेतिहर जमिन र आलिशान महल जोडन सफल भए । उनी पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा बनाएको घरको तस्विरमा पलास्टर नभए पनि बिगत केही महिना पहिले पलास्टर पनि गराईसकेका छन् ।

अर्को घर उनी वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा बनाउन सफल भएका छन् । भ्रष्ट अधिकृत यादवले सानै अवधिमा दुई वटा घर, ग्रामीण भेगमा खेतिहर जमिन र वीरगंजको दुई÷तीन ठाउंमा घडेरीहरु उनी आफ्ना विश्वासपात्र आफ्न्तहरुको नाममा किनेको उनका निकटवर्तीहरु बताउंदछन् । हाल उनी सवारी शाखाको लेखा शाखामा लुटतन्त्र मच्चाउदै आफ्ना सहायकहरु मार्फत सेवाग्रहीहरु संग नगदी रसिद काटने नाउमा रु. ५०÷१०० असुल्ने गर्ने गराउने गरेको भुक्तभोगीहरु बताउंदछन् ।

सो कार्यालयमा जाने सेवाग्रहीहरु बैंकमा राजस्व जम्मा गरी लेखा शाखामा नगदी रसिद कटाउन जांदा बाध्यतावस बैंकको ओसी भौचरमा रुपैया बेरेर दिने गरे पछि मात्र सहायकहरुले नगदी रसिद काटने गरेको बताईन्छ । लेखा शाखामा कार्यरत्त कर्मचारीहरु केही करारमा रहेका छन् भने केही बेतल्बी रहेका छन् । यतिमात्र कहां हो र ? नयां सवारी दर्ता, नामसारी र बिमा बिनाको सवारी नविकरण लगायतको कार्यहरुमा लेखा शाखालाई सानो सवारी शाखा, ठुलो सवारी शाखा लगायतकाले सवारी धनीहरुलाई भनि निश्चित रकम दिन लगाउने गरेको सेवाग्रहीहरु बताउंदछन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤