ताजा समाचार

एनसीसी कतार : पत्रकार कुँवरले उम्मेदवारी दिने

  • साउन २, २०८०
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि यतिबेला सामाजिक संजालमा विभिन्न पदहरुमा उम्मेदवारी दिनेको संख्या बढ्दै गहिरहेको छ ।वैदेशिक रोजगारिको निम्ति प्रवास गएका नेपाली श्रमिक हरुको ठुलो , साझा सँस्था गैरआवसिय नेपाली संघको पहिलो स्थापना रसीया र दोस्रो कतार हुँदै आज बिश्वमा ८२ भन्दा बढी देशमा यस्को संजाल छाएको विभिन्न व्याक्तित्व हरु बताउने गर्दछ्न । एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । 

एनसीसी कतार सामाजिक संस्था भएको र यसलाई थप श्रमिकमूखी बनाउँदै समाजसँग जोड्न आफूले कार्यसमिति सदस्य पदमा उम्मेद्वारी घोषणा गरेको पत्रकार सन्तोष कुँवर बताउन्छ्न । सन २०१० मा कतार छिरेका उनले अर्घाखाँची सेवा समाज कतार, सन्ध्याग्रुप अलखोर, र एनसिसि कतारको प्रचार बिभाग समिती सहित सक्रिय रुपमा सामुदायिक पत्रकारिता गर्दै आइरहेका छ्न ।

अर्घाखाँची जिल्ला मालारानी ५ बाँगिमा जन्मिएका कुँवरले "सामाजिक,सुरक्षा,सहकार्य,पिडितहरुको हकहित र आर्थिक पार्दशिता,श्रमिक एकता मैत्री एनआरएनए हाम्रो प्रतिबद्धता " भन्ने नारालाई हृदय बाटै स्विकार्दै अगाडि बढ्ने बताए । प्रचार बाजि र भाषणा भन्दा बढी आफुले प्रवासमा रहेका नेपालीहरु बीच एकता र सहकार्यता सहित मातृभुमीको बिकास र समृद्ध आधारका लागि बलियो आधार बनाउने अभियान तथा कतारमा रहेका नेपाली श्रमिक हरुको आवाज बुलन्द गर्दै हक हितको लागि लड्ने भन्दै कुँवले आसन्न एनसिसि कतारको चुनावमा साथ, सहयोग र समर्थनका लागि अपिल  गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤