ताजा समाचार

लहान नगरपालिकामा अनियमितताको लहरसँगै विकासको नाममा विनाश

  • साउन २, २०८०
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान , २ साउन । सिराहाको लहान नगरपालिकामा नगरप्रमुखको रुपमा मेयर महेश प्रसाद चौधरी भए दिनदेखि लहान नगर अस्तव्यस्त बनेको छ । लहानमा जतात्यतै विभिन्न विकास निर्माणको नाममा भ्रष्टाचार गरेको पाइएको छ। नगरप्रमुख चौधरी जातीवाद, नातावाद, कृपावाद जस्ता नामले परिचित बन्दै गएको छ । नगरप्रमुख मेयर चौधरी लहान नगरपालिका कार्यालयलाई यतिबेला आफ्नो निजी सम्पत्ति सरह व्यवहार गरिदै आएको देखिन्छ । यो सँगै पार्टीगत कुरा र जनतालाई दिइएको आश्वासन मेयर महेश प्रसाद चौधरी अतिबेला झुठो सावित बन्न पुगेको छ। स्थानीयतह निर्वाचनमा मेयर चौधरीले भन्नुभएको र जनतालाई दिइएको आश्वासन पानीमा बगेर गएको अवस्था देखिन्छ ।

नेपाली काङ्ग्रेसले जित्यो भने - उपचारका निम्ति एउटा राम्रो अस्पताल स्थापना गर्ने भनिएको थियोे । काङ्ग्रेसले जित्यो भने - राम्रो स्कुल कलेज स्थापना गरि गरिब दलितका सन्तानले राम्ररी पढ्छ भनिएको थियोे । फ्री एम्बुलेन्स सेवा दिने , वडावडामा एमबिबिएस डा. राख्ने प्रतिज्ञा गरेको थियोे । तर, यी प्रतिज्ञाहरु अतिबेला लहान नगरवासीका लागि अभिश्राफ बन्न पुगेको छन् । लहान नगरको समृद्धिका लागि प्रत्येक आर्थिक वर्षमा अर्वौअर्व बजेट पास हुन्छ तर - पनि नगरप्रमुख महेश प्रसाद चौधरीले कर्मचारी कार्यकर्ता मिलिजुली झ्वाम्म पार्छन् । जातीवाद मेयर चौधरीले चौधरी समुदायलाई यस असार मसान्तमा मजथाभावी रकम बाडेको र फाइलहरुमा अख्तियारको छापा हुनुपर्ने यहाँका जनताहरुको मांग छ । यता, कमिसनखोर मेयर चौधरी कमिसन लिई पचासलाख रकम छापाखाना शिर्षकबाट गैरतरिकाबाट झ्वाप्प पारेको देखिन्छ । यसमा अख्तियारी हुनु जरुरी देखिन्छ ।

अत: यो सँगै लहान नगरको बेतिथि यस प्रकार रहेको छ :-

(१.) सेल्फी रोडमा मेयरकै मिलेमतोमा व्यापक भ्रष्टाचार ।

(२.) नगर बस स्टेण्ड गिराउनु / बे-वास्ता गरिनु।

(३.) नगर ह्रासका साथै कुुरुपता देखिनु।

(४.) नगरका नालाहरु दिनानुदिन फोहोरी बन्दै जानू।

(५.) लहान नगर बस जे.एस. मुरारका क्याम्पसलाई फ्रीमा दिनु।

(६.) आर्थिक सहयोगको नाममा जाती र अधिल्लो चुनावका निम्ति पार्टीगत कार्यकर्ता पाल्नु।

(७.) मेयर हरेक विकास निर्माण कार्यमा कमिसन खानु।

(८.) आफ्नो आसेपासेलाई कृषि यन्त्र वितरण गरिनु।

(९.) नगर शिक्षकमा अधिकाँश चौधरीलाई करारको जागिर दिनु ।

यी र यस्ता नसुहाउँदो क्रियाकलाप गरि नगरवासीलाई दु:खी तुल्याउने गरेको देखिन्छ । यता , लहान नगरमा भ्रष्ट मेयरलाई हतकडी र कार्यवाहीको चर्चा जताततै सुन्न पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤