ताजा समाचार

धनगढीमाई नगरपालिकामा ब्यापक अनियमितता

  • असार २९, २०८०
  • ८९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, आषाढ़ २९ । सिरहाको धनगढीमाई नगरपालिकाले लोकसेवा तयारी कक्षाको नाममा ब्रहमलुट गरेको छ । लोक सेवा तयारी कक्षा २०७९ चैत ९ गते देखि २०८० बैशाख ८ गतेसम्म सञ्चालन भएको थियो । नगरपालिकाले सञ्चालन गरेको तयारी कक्षा अन्तर्गत सुब्बा र खरिदारको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरेको रहस्य खुलेकाे छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायव सुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याट वाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको थियो । सम्झौता बमोजिम तयारी कक्षामा देखाइएको बमोजिमको सहभागी नभएको खुलेकाे छ ।

खरिदारमा ६६ र नायव सुब्बामा ६५ जनासहित एक सय ३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भए पनि विद्यार्थीको सहभागीता भने ५० भन्दा कम रहेको अवस्था रहेको देखिन्छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा चलाइएको कक्षाका लागि भाडा स्वरूप ९० हजार भनिए पनि सहकारीलाई २० हजारमात्र भाडा बुझाएको स्रोतको दावी छ । "संस्थाले प्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताव, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सह संयोजकको पारिश्रमिक, सहभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाई, उदघाटन/समापन, प्रदिवेदन, संचार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुगमन तथा अन्य सम्झौता बमोजिमको रकम गत बैशाख ११ गते भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेश गरेपछि गत बैशाख २० गते भुक्तानी फिएको समेत देखिन्छ ।"साभार गमक पोष्ट ‘‘नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा लोक सेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवाप्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ।‘‘ यसरी ब्यापक रुपमा अनियमितता गर्दै बजेट पचाउने हिसाबले अघि बढ्दा धनगढीमाईका युवाहरुले नगर प्रमुख लगाएत निकायसंग जबाफ मागेका थिए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤