रामग्राम नगरकाे तेश्रो सार्वजनिक सुनुवाई बिहीबार सम्पन्न

  • असार २८, २०८०
  • ६६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ असार २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आ.ब.२०७९।०८० को तेश्रो सार्वजनिक सुनुवाई विहिवार आज रामग्राम ९ जोकवारमा सम्पन्न गरेको छ । रामग्राम नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भोजनारायण यादवको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो अवसरमा वडावासिले नगरपालिकाले संचालन गरेका विभिन्न योजना, सेवा प्रवाह र विकास निर्माणका बारेमा खुलेर प्रश्न गरेका थिए । नगरको खानेपानी र सरसफाई, बाटोघाटो, कृषककालागि मलखादको व्यवस्था, सिंचाईको उचित व्यवस्था गर्नु पर्ने जस्ता विषय नगरवासीले सार्वजनिक सुनाइमा उठाएका छन् । यस्तै शिक्षाको गुणस्तर कायम गर्नु पर्ने, अपुग दरवन्दी पूर्ण गर्नु पर्ने जस्ता माग गरेका थिए । कार्यक्रममा नगरवासीले जुनसुकै योजना सम्पन्न गर्दा गुणस्तर कायम गरी दीर्घकालसम्मकालागि लाभ लिन सक्ने खालका योजना तय गर्न सुझाव दिएका छन् ।

सो अवसरमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले चालु आ.ब २०७९।८० मा ८४ प्रतिशत योजनाको काम सम्पन्न भएको बताउँदै नगरपालिकाले चालु आ.ब.मा ७०.४७ प्रतिशत वित्तिय प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । नगरप्रमुख यादवले नगरका गौरवका योजना तथा पालिका र वडाका योजनाहरुको गुणस्तर कायम गर्न नगरवासीले निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मानवहादुर खड्का, शिक्षा शाखाका अधिकृत सुन्दर खनाल, इन्जिनियर माधव न्यौपाने, स्थास्थ्य शाखाका अनिल खड्का लगायतले उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

रामग्राम नगरपालिकाले यस अघि २ वटा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ । वडा नं. ११ र वडा नं १४ मा यस अघि दुई वटा कार्यक्रम गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनु भयो । कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक मेघराज गाैत्तमले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१