ताजा समाचार

ब्यबस्थापन समितिका अध्यक्ष चौधरीको कार्यकालमा सवै कुरा पारदर्शी

  • असार १९, २०८०
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल , १९ असार । सिराहाको धनगढीमाई ५ मा रहेको तिनकोनी माविको ब्यबस्थापन समितिमा सञ्जय चौधरी आएपछि विद्यालयमा आर्थिक गतिविधि लगायतको सबै पक्षमा पारदर्शिता कायम हुँदै आएको छ । धनगढीमाई नगरपालिकामा पहिलोपटक आम अविभावकको उपस्थितिमा अन्तर्क्रिया गर्दै यसरी निकाशा भएको रकम वितरण गरिएको हो । धनगढीमाई नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको श्री जनता माध्यमिक बिद्यालय तिनकोनीले अभिभावकहरुको उपस्थितीमा छात्रा तथा दलित छात्रबृति रकम बितरण गरेको छ । छात्रवृत्तिको लागि नेपाल सरकारले आर्थिक वर्ष २०७९।०८० मा निकासा पठाएको रकम रु.१ लाख ७३ हजार ५ सय रकम बितरण गरेको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता तथा वडा नं. ५ का वडा अध्यक्ष रामजतन कामैतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बालबालिकालाई छात्रवृत्ति वितरण गर्दै अभिभावकसंग बिद्यालयको पठन पाठनका बारेमा अन्तरक्रिया समेत गरिएकाे थियो । श्री जनता माध्यमिक बिद्यालय तिनकोनीले आयोजना गरेको कार्यक्रममा अभिभावकलाई पनि छात्रबृति रकमको बारेमा जानकारी होस र अभिभावकहरुले बिधार्थीहरुको शिक्षा क्षेत्रमै सो रकम खर्च गरोस र बितरण गरिएकाे रकम पारदर्शी होस भनी आम अभिभावकको उपस्थितीमा छात्रबृति रकम बितरण गरेको बिद्यालयका प्र.अ. जितेन्द्र चौधरीले जानकारी दिनु भएको छ । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, शिक्षिका अभिभावक तथा बिधार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤