ताजा समाचार

जातिगत नामको त्रुटी सच्याउन आदिवासी जनजाति बरामले मन्त्रीलाई बुझाए ज्ञापनपत्र

  • असार १९, २०८०
  • १६५४ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

काठमाडौ ,असार १९ गते । जातिगत नामको त्रुटी सच्याउन आदिवासी जनजाति बरामले मन्त्रीलाई ज्ञापनपत्र बुझएका छ्न । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी भेटेर आईतवार सिंहदरबार स्थित मन्त्रालयमा नेपाल बराम संघका केन्द्रीय अध्यक्ष भद्र कुमारी बराम नेतृत्वको बराम प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा सुचीकृत आदिवासी जनजाति मध्ये बराम, बरामु हुनुपर्नेमा त्रुटिपूर्ण रहेको बताईएको छ । बरामो आदिवासी जनजातिलाई संशोधन गरी बराम ,बरामु बनाउनुपर्ने तथा बराम/बरामु समुदायको आत्मसम्मान र मर्यादालाई कायम गराउन तथा उक्त त्रुटीलाई सच्याएर बराम/बरामु जातिको सरकारी कामकारवाहीमा सहजीकरणको लागि अनुरोध गरेका छन । भेटवार्ताको वातावरण समन्वयकारी भूमिका निर्वाह गरिदिएको मा धनुषा शहीद नगरपालिकाका पुर्व कान्छो मेयर उदय कुमार बरबरिया लाई बराम समुदायको तर्फबाट धन्यवाद प्रकट गरेको नेपाल बराम संघका सल्लाहकार अमर बरामुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤