ताजा समाचार

जेएस क्याम्पस अगाडिको सडक मर्मत निर्माणकार्य महिनौंदेखि अलपत्र आवतजावतमा सास्ती

  • असार १७, २०८०
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १७ असार । सिरहाको लहान नगरपालिका वडा नम्बर -१० ( जे. एस. मुरारका बहुमुखी क्याम्पस ) को प्रवेशद्वार अगाडिमा रहेको महिनौं दिन देखि सडक निर्माणको कार्य सुस्त र अलपत्र परेको छ । निर्माण कार्य समयमा सम्पन्न नहुँदा आवतजावतमा समस्या हुँदै आएको छ। क्याम्पस अगाडिको उक्त सडक लहान ग्रामीण सडक हुँदै राजमार्ग जोड्ने मुख्य सडक हो । तर, जनप्रतिनिधि तथा ठेक्केदारको लापरवाहीले सर्वसाधारण सास्तीको सिकार बन्दै आएका छन् । खासगरी जे. एस. क्याम्पसका विद्यार्थी कर्मचारी तथा सर्वसाधारण जनता महिनौंमहिनौं समस्या र सास्ती खेप्दै आएका छन् ।

यो सँगै उक्त निर्माधीन सडक अगाडि अहिलेसम्म कुनै किसिमको सुचना पार्टी समेत देखिएन । आज विहान गएको बेलामा त्यसै, अलपत्र देखिएको थियोे । विकास निर्माण कार्य समयमा सम्पन्न नहुँदा सर्वसाधारण दु:खी तुल्याएको अवस्था छ। लहान नगरपालिकामा विकास जे होस् तर, जाली काम समेतलाई बढाबा दिने गरेको पाइएको छ। निर्माधिण सडक अगाडि सुचना पार्टीको नहुँदा त्यसै विषयलाई लिएर लहान नगरपालिकाका सुचना अधिकारी ईन्जिनियर शुसिल कुमार साहलाई मोबाइल न. ९८५२८३२७९५ मा सम्पर्क गर्दा फोन अर्कै ठाउँमा लाग्ने गरेको छ। यस्तोयस्तो जाली कामहरु गर्ने नगरप्रमुख र कर्मचारीलाई राज्यपक्षका, निकायले झुठा कामको साहुँला तिराउनु पर्ने अवस्था छ । यता, लहानमा मेयर चौधरी निर्वाचित भएदिन देखि लहानमा बेथितिले रुप लिएको व्यापक जनगुनासो छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤