Siraha Times
ताजा समाचार

मेयर महतोले गरे शक्तिमहिला समूहको कार्यालय उद्दघाटन

  • असार १५, २०८०
  • ६१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

शौरभ वर्मा अषाढ़ १५ । सिराहाको धनगढीमाई नगरपालिका वडा नं ९ मा अाज एक औपचारिक कार्यक्रम गरी शक्ति महिला सामुदायिक सस्थाको कार्यालयको नगर प्रमूख शिवशंकर महतोले उद्दघाटन गर्नु भएको छ । धनगढीमाई नगरपालिकाको मेयर शिवशंकर महतोको प्रमुख आतिथ्य र खुश्वु ताजपुरियाको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अथिती पूर्व उपमेयर फूलकुमारी श्रेष्ठ अथिती पत्रकार विनोद मण्डल लगायतको उपस्थितिमा धनगढीमाई ९ जिरोमाइलमा शक्ति महिला सामुदायिक सस्थाको कार्यालय मेयर महतोले उद्दघाटन गर्नु भएको हो । करिव चार दर्जन भन्दा बढि महिला दिदि बहिनीहरुको सहभागितामा आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी नगरप्रमुख शिवशंकर महतोले कार्यालयको उद्दघाटन गर्नु भएको हो ।

Open photo

अनिता चौधरीको उद्घोषणमा संचालित कार्यक्रममा नगर प्रमुख महतोले मधेश प्रदेशमा परम्परागत कुराले गर्दा महिला पछाडी परेको बताउँदै हिमाल ,पहाड र तराईमा आफूलाई अगुवा भनाउँदाहरूले गर्दा नै महिलाको अधिकारलाई कुण्ठित गरी पछाडी पारेको अवस्था समाजमा रहेको वर्तमान अवस्थामा घरमा बातावरण नदिनाले महिलाहरूको अवस्थामा सुधार ल्याउनका लागी घरका पुरुष सचेत हुन जरुरी रहेको धारणा समेत व्यक्त गर्नु भएको हो । मेयर महतोले नेतृद्वय चित्र लेखा यादव र पूर्व उपमेयर फूलकुमारी श्रेष्ठको उदहारण दिँदै महिलामा आँट र हिम्मत हुन जरुरी रहेको समेत बताउँनु भएकाे छ । नगरको नजरमा शक्ति महिला सामुदायिक सस्था प्रार्थमिकता भित्र रहेकोले विभिन्न उदाहरण दिएर शक्ति महिला समुहलाई जबाफदेही बनाउन सीप र रोजगार लिएर अगाडि बढ्न जरुरी रहेको मेयर महतोले आग्रह गरे ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहान अस्पतालमा क्यान ...

सिरहाटाइम्स लहान बैशाख १२ । सिरहाको जिल्लाको लहानमा रहेको राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पताल ...

आदर्श कोतवालमा नेशनल ...

रंजित चौरसिया,कलैया ११ वैशाख। बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अ ...

लहानमा ‘विल्डअन’सँग ...

सिरहाटाइम्स वैशाख ११ । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिकाले अन्तर्रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१