खानेपानी र सरसफाइमा हाम्राे प्रतिबद्धता नामक बुलेटिन बिमाेचन

  • असार १५, २०८०
  • ५८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव / नवलपरासी,असार १५ । पश्चिम नवलपरासीमा खानेपानी र सरसफाईमा हाम्रो प्रतिबद्धता नामक बार्षिक बुलेटिन बिमोचन गरिएको छ । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले खानेपानीको अवस्था र सरसफाईमा ध्यान दिनुपर्ने बुलेटिनमा समेटेर निकालेको खानेपानी र सरसफाईमा हाम्रो प्रतिबद्धता नामक बार्षिक बुलेटिन बिमोचन गरिएको हो । सामुदायिक रेडियो परासीकाे सभाहलमा आयोजित एक कार्यक्रममा बाेल्दै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले खानेपानी र सरसफाईमा हाम्रो प्रतिबद्धता नामक बार्षिक बुलेटिन बिमोचन गरेका हुन् ।

बिमोचन गर्दै नगरप्रमुख यादवले नगरपालिकामा आर्थिक बर्ष २०८०।८१को बजेट बिशेष गरी खानेपानी ,शिक्षा र कृषिलाई प्रथामिकतामा राखेर बजेट बिनियोजन गरिएकाे बताए । उनले भने अझै बिशेष गरी प्रथामिकता खानेपानी र सरसफाईलाई नै जोड दिदै नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उदेश्यले एक करोड खानेपानीको क्षेत्रमा बजेट छुट्याईएकाे बताए ।नगपालिकाले हरेक गाउँमा एउटा प्रतिक्षालय बनाउने निती लिएको र नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने नगरपालिका तत्पर रहेको यादवले बताए ।

खानेपानी तथा सरसफाई महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले मानिसको जिवनसंग जोडिएको र शुद्ध खानेपानी खाने मौलिक हक अधिकार भएकोले जिल्लाका स्थानिय तहहरुले एक गाउँ एक खानेपानीको धारा अवधारण ल्याउनुपर्नेमा जोडदिए । रामग्राम नगरपालिका नेपालको सबैभन्दा अर्सेनियुक्त खानेपानी खाने क्षेत्र भएकोले खानेपानी र सरसफाईको क्षेत्रमा नमूना नगर बनाउनको लागि दिर्घकालिन योजना ल्याई अर्सेनियुक्त खानेपानीबाट मुक्त नगर बनाउनुपर्ने गैरेले जाेड दिए ।

सामुदायिक रेडियो परासीका लेखा समिति संयोजक पेउनारायाण न्यौपानेले नगरपालिकाले नगरको अन्य क्षेत्रमा पनि सर्वजनिक शौचलाय र प्रतिक्षालय निमार्ण गरी नगरमा देखिएको खानेपानी समस्या समाधान तर्फ अग्रसर र दिर्घकालिन योजना ल्याउनुपर्नेमा जोड दिएका थिए । रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतमले खानेपानी र सरसफाईमा हाम्रो प्रतिबद्धता नामक बार्षिक बुलेटिनमा ९औं अंक प्रकाशन गरिएको र जिल्लमा खानेपानी, सरसफाईमा क्षेत्रको अवस्था र देखिएको समस्यालाई समेटीएको बताए । साथै नवलपरासी जिल्लालाई २०७२ साल असार १५ गते खुला दिशामुक्ता घाेषणा गर्न रडियाेले अहम् भुमिका खेलेकाे बताए ।

रेडियो परासीका कार्यबाहक अध्यक्ष राजकुमार रेश्मीले रेडियो परासीले समाजमा देखिएको खानेपानी, सरसफाईमा अवस्थाको बिषयमा र समाज परिर्वतनको बिषय रचानत्कम कार्यहरु गर्दै आएकाे बताए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली ,खानेपानी तथा सरसफाई उपभोक्तता समितिका अध्यक्ष खगेश्वर पन्थी, ,रेडियो परासीका सहसचिव तोरेन्द्र जिसीले बोल्दै खानेपानी र सरसफाईलाई नगरले बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

जग्गा हडपिएको भन्दै ...

ओम प्रकाश यादव, लहान, ३ साउन । बरियारपट्टी गाउँपालिका ३ निवासी ५० वर्षीय काशिराम ठाकुरले आफ्नो करोडौ ...

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१