ताजा समाचार

मेयर महतोद्वारा विद्यालयको अनुगमन

  • असार १४, २०८०
  • ७११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शौरभ वर्मा आषाढ १४ । सिराहाको धनगढीमाई वाडा नंबर १४ मा रहेको श्री मदन भण्डारी स्मृति माध्यामिक बिध्यालयको स्थलगत अनुगमन मेयर शिवशङ्कर महतोले गर्नु भएको छ । विद्यालयको भौतिक संरचनाको निर्माण तीब्र गतिमा अगाडि बढिरहेको अवस्थामा मेयर महतोले भवन,विद्यालयको वाल, पठन पाठन लगायतको वस्तु स्थितिको अवलोकन गर्दै विद्यालयको भौतिक संरचनाको निर्माणबाट आफू खुसी भएको बताउनु भएको छ । विद्यालय परिसरमा रहेको भवनहरूको प्रत्येक कोठा र छतमा उपस्थित भएर अनुगमन गर्दै विद्यालयमा रहेको खिया लागेको जस्ताको मर्मत सम्भारमा आफ्नो ध्यान केन्द्रित भएको समेत वताउनु भएको छ । अनुगमनको क्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत गणेश मान मल्ल मगर समेत सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤