कमला पुल निर्माणकाे काम अगाडि नबढ्दा चिंतित भए वरिष्ट पत्रकार

  • असार ११, २०८०
  • ६७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ ११ । धनुषा र सिराहा जिल्लाको सीमानाको रुपमा रहेको सिराहाको पक्षमी भागमा भासिएको कमला पुल पुनर्निर्माण यती बेला ठप्प रहेको देखिन्छ । वर्षा शूरु भएपछी नदीमा पानीको बहाव बढेपछि काम गर्न असहज परिस्थितिको निर्माण हुँदा तत्काललाई काम ठप्प हुँदा सिराहाका वरिष्ट पत्रकार देव कुमार यादव चिंतित हुनु भएको हो । उद्दघाटन अगावै भासिएको कमला नदीको पुलको वारेमा बारम्बार सिराहाका वरिष्ट पत्रकार देव कुमार यादवले निकायलाई ध्यानाकर्षण गराईरहँदा तत्कालिन नेपाल सरकारका मन्त्री नारायण काजी श्रेष्ठले स्थलगत अनुगमन गरें ।

पुलको वारेमा हरदम चिंतित हुदैं विहान वेलुका स्थलगत अनुगमन र मूल्यांकन गर्दै आम नेपालीलाई पुलको वारेमा जानकारी गराउँदै आएका पत्रकार देव कुमार यादव यतीबेला सिरहामा चर्चाका पात्र बनेका छन उनका अनुसार कमला नदीमा पुल नहुँदासम्म जोखिम र पीडा भइरहने अवस्था रहेको देखिन्छ । संक्षिप्त कुराकानीमा वरिष्ट पत्रकार देव कुमार यादव भन्नुहुन्छ "कमला नदीमा बाढी आएको कारण अहिले पुनर्निर्माणको कार्य रोकिएको छ " आम जनताको आवत जावतमा सहजताका लागि कमला नदीको पुलले पर्यटन क्षेत्रमा ठूलो योगदानको सम्भावना बोकेकाे र समयमा निर्माण नहुँदा चिंतित बनेका हुन वरिष्ट पत्रकार देव कुमार यादव ।

प्रतिक्रिया दिनुहोस

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

पृथ्वीनारायण शाहको ३ ...

धर्मेन्द्र कुमार कुर्मी पुष २८। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१