Siraha Times
ताजा समाचार

धनगढीमाईको बजेट पूर्वाग्रही भन्दै अमित ठकुरीले गरे नगरसभा बहिष्कार

  • असार ११, २०८०
  • १०६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बादाता आषाढ ११ । सिरहाको धनगढीमाई नगरपालिकाद्धारा आयोजित दशौं नगरसभामा पूर्वाग्रही तवरले बजेट मिलाएपछि वाडा नंबर १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूसहित कार्यपालिका सदस्य देवमाया आले वाडा सदस्यज्यूहरु मिन बहादुर कार्की , कुल बहादुर राउत , पदम कुमारी विक, लगायतका जनप्रतिनिधि ज्यूहरुले नगरले बितरण गरेकाे सेवा सुविधा तथा ब्याग नलिई सभा बहिष्कार गर्नू भएको छ । नगरमा बढ्दै गएकोे अनियमितता र गुरुयोजनामा भौगोलीक बनावटले विकट दुर्गम क्षेत्रको रूपमा रहेको मडयान, महाजनी, खुट्टी, दलमे, चट्टान , गागन , मागन धनगढीमाई १४ का आदी वस्तिहरूको जनतालाई विचार नगरी बजेटको तर्जुमा गरी लागू गराउन खोज्दा दुरदर्शिता विनाको योजनाले आम जनताको हित नगर्ने अवस्था देखेपछि वाडा अध्यक्ष अमित ठकुरी ज्यू सभाबाट बाहिरिनु भएको थियो । सभा सञ्चालनको समय बिहान ९ बजे तोकिए पनि सभा करिब २ बजे मात्र सञ्चालन भएको थियो ।

धनगढीमाईको नवनिर्मित प्रसासनीक भवनमा आयोजित सभामा सहभागिताका लागि प्रसासनीक भवनमा पुगेका जनप्रतिनिधि लगाएत सबैलाई नास्ताको रूपमा भुजा ,चिउरा , चना, अण्डा लगाएतका नास्ता वितरण गरिएको थियो । करिव १ घण्टा ४५ मिनेट सम्म संचालन गरिएको सभामा हुनुपर्ने कुनै खुशीयाली देखिएकाे थिएन भने सभा संचालन हुँदाको बखत नगरमा छुटाएको बजेटमा दलित, सुकुम्वासी लाई कुठाराघात गरेकाे भन्दै उलेख्निय संख्मा व्यानर सहित जुलुश र नारा लिएर प्रसासनीक भवनको मुख्य गेटमा पुगेर एमालेका रामस्वरूप सदाय ज्यूले मेयर लगाएत नगर सभाको घोर बिरोध गरेका थिए । चिउरा भुजाको ब्यबस्थापन गर्दै आयोजना गरेको सभाको बाहिर आलोचना बढेको अवस्था रहेको देखिन्छ । दुरदर्शिता विनाको अपुरो नगर सभाले ठोस निर्णय नलिएको अवस्थामा आउने आषाढ २२ गतेलाई तत्काललाई सभा रोक्दै पुन बोलाएको मेयर शिवशङ्कर महतो ज्यूले बोल्ने क्रममा जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१