ताजा समाचार

कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

  • असार ११, २०८०
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ असार - सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ का २५ जना किसानहरुलाई पोषण बगैंचा उत्पादन सामाग्री वितरण गरेका छन्।राष्ट्रिय कृषक समुह महासंघ नेपाल र केयर नेपालको आर्थिक सहयोग र स्थानीय सरकारको समन्वयमा महासंघले लक्ष्मीपुर पतारीको सम्पुर्ण वडामा पोषण बगैंचा उत्पादन सामग्री वितरण गरेका छन्। किसानहरुलाई उत्पादन क्षेत्र लाई वृद्धि गरी आर्थिक सबल र उत्पादन गरेको बस्तुबाट मनग्य आमदानी लिउन भने उदेश्यले महासंघले किसानहरुको लागी सामग्री वितरण गर्ने गरेका छन्।महासंघले एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेका महासंघका कर्मचारी राम सेवक रामले बताए।

Open photo

गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पालिकाको उपाध्यक्ष अमर कला यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।सम्बन्धित शाखाको प्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाए।किसानहरुको आर्थिक स्तर उन्तीको लागी भौचरको माद्य्यबाट बिबिधी कृत पोषण बगैंचा कार्यक्रम अन्तर्गत कृषक सामग्री वितरण गरेको हो।

Open photo

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤