ताजा समाचार

एक सय रुपैयाँको सामानमा राजश्व विरोध

  • असार ८, २०८०
  • ६७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०८ । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले भारतबाट एक सय रुपैयाँ भन्दा माथिको समान ल्याउदा भन्सार लिन थालेपछि यसको विरोध हुन थालेको छ । प्रदेश सभा सदस्य वैजनाथ कलवारले विरोध जनाएको भोलीपल्ट आज पुर्वमन्त्री तथा जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयस त्रिपाठीले पनि आपत्ति जनाउनुभएको छ ।

यो संगै तराईमा राजनिति गर्देै आएका ५ ओटा राजनैतिक दलले भन्सार शुल्कका विषयमा आपत्ति जनाउदै महेसपुर भन्सार कार्यालय अगाडी नाराबाजी गर्देै ज्ञापन पत्र पठाएका छन् । जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनता प्रगतिशिल पार्टी जप्रपाले आज महेसपुर भन्सार परिसरमा नाराबाजी गर्देै संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । यस्तो व्यवस्थाले गरिब निमुखा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस प्रकारको निर्णय तत्कालै फिर्ता लिन माग गरिएको छ ।

आजै दलहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको समेत ध्यानआर्कषण गराउदै यस प्रकारको व्यवस्था नहटाए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । यसैबिच जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयस त्रिपाठीले सिमा नाकामा गरिएको कडाई प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज परासीमा जनता प्रगतिशिल पार्टी नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक सय रुपैयाँ भन्दा माथिको समानमा भन्सार लिने विषय सुहाउदो नभएको बताउनुभयो ।

पुर्वमन्त्री समेत रहुनभएका त्रिपाठीले अर्बो पैसा उठाउन नसक्ने सरकारले जनतामाथि सय रुपैया माथिका समानमा भन्सार लगाउने विषय लामखुट्टेको टाउकोबाट राजश्व निचोर्ने प्रयास जस्तै भएको टिप्पणी गर्नुभयो । सरकारले जनतालाई करको भार बोकाउन खोजेको बताउदै त्रिपाठीले सय रुपैयामा देविदेउतालाई चढाउने प्रसाद पनि आउदैन् अनि कर लगाउने भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤