ताजा समाचार

अनिवार्य गरिएको भन्सार दस्तुर पुनःविचार होस्ः साँसद कलवार

  • असार ६, २०८०
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०६ । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले एक सय रुपैयाभन्दा वढीमूल्य पर्ने मालबस्तुमा अनिवार्य गरेको भन्सार दुस्तुरका विषयमा आफ्नो धानाकर्षण भएको बताउनु भएको छ । सिमाक्षेत्रमा वस्ने नागरिकहरुकालाई भन्सार दस्तुरले समस्या पर्ने वताउँदै केन्द्रमा बसेर नीति निर्माण गर्ने तहले हचुवाको भरमा भन्सार दस्तुर अनिवार्य गर्नु व्यवहारिक नभएको साँसद कलवारले ज्ञापन पत्र मार्फत प्रधानमन्त्री र अर्थमन्त्रीको धानाकर्षण गराउनु भएको हो । साँसद कलवारले आम्दानीको मुख्य श्रोत राजश्व संकलन भएको स्वीकार गर्दै सरकारले गरेको निर्णय व्यवहारिक नभएको बताउनु भयो ।

उहौले भारत र नेपालमा सदियौंदेखिको रोटि—बेटीको सम्बन्ध, सास्कृतिक र धार्मिक सम्बन्धलाई ध्यानमा राखेर भन्सार दस्तुरमा पुनःविचार गर्न आज नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउनु भएको हो । नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतले आ.ब. २०८०।०८१ को बजेट भाषणमा एक सय रुपैयाभन्दा वढी मूल्य पर्ने सामानमा अनिवार्य भन्सार दस्तुर लाग्ने घोषणा गर्नु भएसँग सिमानामा कडाई गरिएको छ । नेपालमा एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानुनी प्रावधान रहेकोछ तर त्यसलाई व्यावहारिक पक्षभन्दै छुट दिने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤