ताजा समाचार

मुस्लिम महिला शसक्तिकरण कार्यक्रमको उद्घघाटन

  • असार ६, २०८०
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ६ । सिराहा जिल्लाको भगवानपुर गाउँपालिकामा पहिलो पटक मुस्लिम समुदायको महिलाहरुलाई सवलीकरण गराउने उद्देश्यले शसक्तिकरण कार्यक्रमको उद्घघाटन गरीएको छ । एकता बिकास सहयोगी नेपाल लहान ८ को साझेदारी र भगवानपुर गाउँपालिकाको सहयोगमा आयोजीत कार्यक्रममा करिव १२५ मुस्लिम समुदायको महिलाहरु सहभागि भएका थिए । संस्थाका अमरेन्द्र सिंहको अध्यक्षता र पालिका अध्यक्ष उग्र नारायण यादव ज्यूकाे प्रमूख आथित्यमा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी , बुद्धिजीवी , पत्रकार लगायतको उपस्थितिमा पहिलो पटक वाडा नंबर १ र २ का मुस्लिम समुदायको महिलाहरुलाई कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तब्य मार्फत प्रशिक्षक निर्मला दाहालले स्वागत गर्नुभएको थियो । पानसमा दीप प्रज्वलन गरी पालिका अध्यक्ष उग्र नारायण यादव ज्यूले कार्यक्रमको व्यानर खोल्दै पढेर उद्घाघाटन गर्नुभएको थियो । कार्यक्रममा सहभागी अथिती गणलाई खाँदा ओढाएर संस्थाकी अध्यक्ष बिनिता चौधरीले सम्मान गर्नु भएको थियो । करिब १ बजे उद्घघाटन गरी औपचारिक रूपमा शुरू गरिएकाे कार्यक्रममा सहभागी सबैलाई लगातार तालिम प्रदान गरिएको थियो ।

वर्तमान २१ औं सताब्दीमा राज्यको कानुन र संविधानको बारेमा जानकारी गराउने तथा महिलाहरुलाई आत्म निर्भर र सार्वजनिक सूचना लगाएतका सामाजिक सुरक्षा सहित आत्म बल बढाउने किसिमले तालिम आगाडी बढाइने आयोजकले जनाएको छ । भगवानपुर गाउँपालिकामा आफूले पहिलाे पटक मुस्लिम समुदायको महिलाहरुलाई सवलीकरण गराउने उद्देश्यले आयोजित कार्यक्रमको उद्घघाटन गर्न पाएकोमा खुसी महसुस भएको पालिका अध्यक्ष उग्र नारायण यादव ज्यूले बताउनु भएको छ । तालिम बाट बाहिरिने क्रममा सहभागिहरुले आजको तालिमले आफूहरुमा नयाँ उर्जा थपिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤