Siraha Times
ताजा समाचार

पशुमा अचानक देखियो रोग वाडा अध्यक्ष अमित ठकुरी ज्यूको पहलमा डाक्टरको टोली हात्तीढुङ्गामा

  • असार ५, २०८०
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बाददाता , आषाढ ५ सरे । सिरहाको धनगढीमाई १४स्थित पशुमा अचानक फोका उठेको जस्तो रोग देखिएको र उक्त रोगले गाईवस्तुहरू थला पर्न थालेपछि वाडा अध्यक्ष अमित ठकुरी ज्यूले अवलोकनका लागि पशु विज्ञसहितको टोली उक्त ठाउँमा पठाउनु भएको हो । भौगोलिक विकटता रहेको नगरको १४ नंबर वडाका बस्तीहरूमा अचानक पशुहरूको शरीरमा फोका देखा पर्दै पशुहरू गोठमै लम्पसार पर्दै बिरामी पर्न थालेको गुनासो स्थानिय मानिसहरू बाट वाडा अध्यक्ष अमित ठकुरी ज्यूलाई आउन थालेपछि तत्काल निकायलाई ध्यानाकर्षण गराउनु भएको छ । खेतीको सिजनमा गोठमा भएका पशुहरू बिरामी परेको देखेपछि आफूहरुलाई बर्खे खेतीमा कठिनाई महसुस हुने अवस्थाको सिर्जना भएको स्थानिय सुबास पोखरेल बताउनुहुन्छ ।

भौगोलिक रूपमा विकट मानिएको यस भेगका बस्तीहरू मडयान, महाजनि, खुट्टी , अमले, गागन लगायतका गाई वस्तुहरूमा अचानक रोग देखा परेको हो । अचानक पशुमा देखिएको रोगको निदानका लागि सिरहाको धनगढीमाई पशुपन्छी विकाश शाखामा सम्पर्ग गर्दै वाडा अध्यक्ष अमित ठकुरी ज्यूले शाखा प्रमुख जीव नारायण यादव र अधिकृत महेन्द्र प्रसाद यादब सहितको टोलीलाई उक्त स्थानमा वस्तु स्थितिको अवलोकन गर्न आग्रह गर्नु भएको थियो । पशु विकास शाखा धनगढीमाईका टोली उक्त ठाउँमा पुगेर बास्तविक वस्तु स्थितिको बारेमा जानकारी लिनु भएको छ । शाखा प्रमूख जीव नारायण यादव सहितको टोली स्थानिय हात्तीढुंगा स्थित किशानहरुको गोठमा पुगेर स्थलगत अनुगमन सहित सामान्य औषधि पनि स्थानीयलाई वितरण गर्नू भएको हो ।

संक्षिप्त कुराकानीमा प्रमुख यादवले लम्पीफक्स नामको यस रोगको उपचारका लागि सामान्यतया सरसफाई प्रति विशेष ध्यान दिनु पर्ने बताउनु भएको छ । आफुहरु स्थलगत अनुगमन का लागि यस ठाउँमा आएको र शाखा कार्यालय धनगढीमाईले आवस्यक सहयोग गर्ने भन्दै त्यसको लागि शाखामा सम्पर्ग गर्नका लागि अनुरोध समेत गर्नू भएको हो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१