सप्तरीको शम्भुनाथसहित अधिकाँश पालिकामा सरकारी गाडी दुरुपयोग भईरहँदा समेत निकाय बेखबर

  • असार २, २०८०
  • १८३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २ असार । सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जथाभावी तरिकाले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । स १ झ ५४३ नम्बरको चारपाङग्रे टोइटा गाडी दुरुपयोग गरिदै अवस्था पक्राउ भएका छन् । वहाँसँगको अन्तरवार्ता थुप्रै मिडियाहरुमा भाइरल बन्दै गएको छ। योसँगै सप्तरीको शम्भुनाथसहित अधिकाँश पालिकामा सरकारी गाडी दुरुपयोग भईरहँदा समेत निकाय बेखबर देखिएको छ । कर्मचारी, जनप्रतिनिधि मिलेर सरकारी गाडी दुरुपयोग गर्छन् । अहिलेको अवस्थामा कार्यालयको काम कम तर निजी प्रयोजनका लागि बढी प्रयोग भएको देखिन्छ ।

जनताको कर बाट चल्ने नगरपालिका जनताको कामकाज थाती राखेर विभिन्न ठाउँमा भ्रमण मौजमस्ती गर्न कतिबेला काठमाडौं , कतिबेला पोखरा , कतिबेला छोरीलाई भेट्न पोखरा पुग्छन् । कतिबेला छोरीको कपडा पुर्याउन , कतिबेला छोरी बिरामी भएर भेट्न आएको , ननाथरीको कुराले संचारकर्मीलाई उल्झाउन खोज्ने गरेको छ । बिरामी नभएको सन्तानलाई बिरामी बनाई दिने अधिकृत राजकुमार दास हुन। अफिस भन्दा बढी व्यक्तिगत प्रयोजनमा प्रयोग हुने गाडी शम्भुनाथ नगरपालिका मात्रै नभएर, मधेश प्रदेशकै अधिकाँश पालिकाका करार देखि सरकारी कर्मचारीहरु बढी दुरुपयोग गरिएको अवस्था छ ।

कार, जीप , मोटरसाइकल, जेसीबि, इत्यादि प्रयोग गरिदै आइरहेका छन् । अत: अधिकृत दासले काठमाडौं अफिसियल कामका लागि आएको तर, अफिसियल डकुमेन्ट कागजात, पास माँग्दा चुप्प लागेको थियो । अधिकृत दासका अनुसार 'म' सिडियोको मौखिक आदेशले काठमाडौंसम्म आउने गरि आदेश लिएको थियोे , तर , छोरी भेट्न पोखरा आएकोमा गल्ती स्वीकार गरेका छन् । गाडीको अनुमति नभएकाले गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय राखिएको छ। निजी प्रयोजन तथा घुम्नमा व्यस्त रहने हाकिम राजकुमार दासविरुद्ध चौतर्फी विरोध तथा आवाज उठिरहेका छन् ।

यता, यस विषयमा शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरी भन्नुहुन्छ :- शनिबार, आइतबार काठमाडौं जान्छु । तर, किन जान्छु त्यो भनेनन् । तर, काठमाडौं नगएर पोखरा जनु भएको छ। वहाँ भन्नुहुन्छ मलाई सधैं अधिकृत दासले सधैं अटेर गर्दै आएको बताउँछिन् । यता , यसै विषयमा शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासलाई ९८५२८४३१११ मा सम्पर्क गर्दा मोबाइल स्वीच अफ भएर फोन लागेन् ।

प्रतिक्रिया दिनुहोस

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१