हेल्थ पोष्टमा स्वयम सेविका विवाद , रिता पासवानले काम सम्हाल्दै

  • जेठ २५, २०८०
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २५ । सिराहा जिल्लाको साविक विष्णुपुरकट्टी ठटीया तथा हाल धनगढीमाई १२ मा रहेको विष्णुपुर हेल्थ पोष्टमा स्वयम सेविका पदका लागि विवाद रहेको छ । उमेर हदका कारण अनिवार्य अवकास सहित निवेदन दिँदै राजीनामा मिति २०७९/४/२९ मा आमा समुह मार्फत स्वकृत गराउनु भएका जानुका आचार्यको अवकास पश्चात विवाद चुलिएको हो । स्थानीय निशा महतो र ललिता मेहता उक्त पदका लागि जोड गरेपछि विवाद सिर्जना भएको हो ।

निशा महतोले उक्त पदमा जागीरको लागि मिति २०७९/८/९ गते आमा समुहको निर्णय सहितको निवेदन उक्त हेल्थ पोष्टमा निवेदन दर्ता गराउनु भएको छ भने , यता ललिता मेहताले जिल्ला जन स्वास्थ्य कार्यालय सिरहाले सञ्चालन गरेको आधारभूत स्वयम सेविका तालिम मिति २०७५/२/२१ देखि २०७५/२/२९ र २०७५/३/१० देखि २०७५/३/१८ सम्म पटक पटक गरी दुई पटक १८ दिने तालिम प्राप्त गरेको आवस्यक प्रमाण सहित उक्त हेल्थ पोष्टमा निवेदन दर्ता गराउनु भएको अवस्था रहेको देखिन्छ । स्वास्थ्य स्वयम सेविका पदका लागि आमा समुहको निर्णय मान्य भएको हुँदा दुवै जनाले आ आफ्नै किसिमबाट आमा समुहको निर्णयसहितको निवेदन उक्त कार्यालयमा पेस गरेको देखिन्छ ।

एउटै पदमा दुई निवेदन परेको अवस्थाको सिर्जना भएपछि हेल्थ पोष्ट विष्णुपुरले दुवै निवेदनलाई अन्तिम निर्णयका लागि स्वास्थ्य शाखा कार्यालय धनगढीमाई पठाएको अवस्था समेत रहेको देखिन्छ । उक्त पद विवादित भएपछि कामकाज सञ्चालनको लागि हेल्थ पोष्टले आमा समुहलाई जबाफदेही बनाई आमा समूहकी अध्यक्ष रिता पसमानमार्फत स्वयंम सेविका पदका सबै कामकाज मिति २०७९/१०/१८ देखि अगाडि बढाएको देखिन्छ । आमा समुहको बैठक लगायतका कामकाज नियमित भइरहेको अवस्थामा रिता पासवानको अध्यक्षतामा प्रत्येक महिना आमा समुहको बैठक लगायतका कामकाज हुदै आएको छ ।

मिति २०७९/११/२१ ,२०७९/१२/१७ र २०८०/२/१८ सम्मकाे अवस्था हेर्दा आमा समूहकी अध्यक्ष रिता पासवानले करिब ४ महिनादेखि स्वास्थ्य स्वयम सेविका पदको संपूर्ण कामहरु कुशलतापूर्वक समाल्दै आउनु भएको छ । सानो पदका लागि यसरी विवाद बढेपछि सामाजिक रूपमा आलोचना बढेको छ । पद सानो भएपनि राजनीतिक पहुँचको गन्ध आइरहेको स्थानियको आरोप र भनाई रहेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१