ताजा समाचार

शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

  • जेठ २४, २०८०
  • ७३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चन्द्रौटा, कपिलवस्तु, जेष्ठ २४ कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो । कृष्णनगर नगरपालिका वडा नं. ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्रारिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको हो ।

लामो समय बन क्षेत्रकै समाचारहरु कबरेज गर्दै बन विकासमा लागेका गुप्ता अबको अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिदै बन र बन्यजन्तुको संरक्षण लाग्ने बताउनु भयो । डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तु अन्तर्गत पर्ने शिवराज साझेदारी वनमा शिवराज नगरपालिका भित्रका वडा नं. २,५,६,७ र ८ पर्दछ भने कृष्णनगर नगरपालिकाको वडा नं. ५,८र ९ पर्दछ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल ५६ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤